काठमाडौँ, १३ साउन । पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको थियो । पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी […]
राजनीति
प्रतिनिधिसभाको बैठकमा अवरोध
काठमाडौँ, १३ साउन । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताउनुभएपछि काङ्ग्रेस र राजपाका सांसद […]
माओवादी जनयुद्धमा सामेल भएवापत १० वर्षको जेल सजाय –
माओवादी जनयुद्धमा सामेल भएवापत एक जनसेनालाई जेल सजाय दिइएको छ । तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि तत्कालिन नेकपा (माओवादी)मा लागेका सेनालाई जेल सजाय दिइएको हो । यसरी सजाय पाउनेमा गोरखा आरुघाट गाउँपालिका–७ का बिक्रम गुरुङ ‘शक्ति’ रहेका छन । उनलाई सैनिक आदालतले १० वर्षको जेल सजाय दिएको हो । गुरुङलाई नेपाली सेनाले गत जेठमा […]
जाने हो नगरकोट ? तर कसरी, ६ वर्षदेखि बनेन सडक, धुलो हिलोमा मुछिएर जान बाध्य पर्यटक
नगरकोट, १३ साउन । ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ । राजधानी […]
गाउँ गाउँमा वृद्धवृद्धालाई लौरी र कम्बल उपहार दिँदै स्थानीय निकाय
पर्वत, १३ साउन । पर्वतको कुस्मा नगरपालिका–१४ वडा कार्यालयले ८० वर्षको आसपास उमेर पुगेका वृद्धलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको छ । वडा कार्यालयले विसं १९९५ देखि १९९९ सम्म जन्मेका वडाका ५५ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । वडा कार्यालयमा आइतबार आयोजित कार्यक्रममा वृद्धवृद्धालाई पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले लौरी र […]
बाढी प्रभावित क्षेत्रमा काम गर्न सरकारलाई निर्देशन
काठमाडौँ, १२ साउन । राष्ट्रियसभा बैठकले बाढी र डुबान प्रभावित क्षेत्रमा तत्कालीन र दीर्घकालीन काम गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा बाढी र डुबानबाट प्रभावित जिल्लाको स्थलगत निरीक्षण भ्रमणमा गएको टोलीले सरोकारवालासँगको छलफल तथा जानकारीका आधारमा सुझावसहित सो निर्देशन दिएको हो । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष मितिल्सिनाले स्थलगत निरीक्षण भ्रमण […]
‘ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको छ’- यादव
काठमाडौं, १२ साउन । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे […]
नेकपा केन्द्रीय सचिवालय बैठकले यस्ता महत्वपूर्ण निर्णय लिने
काठमाडौं १२ साउन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय सचिवालय बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेताहरुको कार्य विभाजन टुंगो लगाउने बुझिएको छ । ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्ज र सहइञ्चार्जपछिका पदाधिकारीहरुका बारेमा छलफल गर्ने बताइएको छ । अहिले सर्वाधिक चर्चा र विवादमा रहेको स्कुल विभागसहित […]
राजालाई भूमिका नदिए सत्याग्रह सुरु गर्ने चेतावनी
काठमाडौं, १० साउन । स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पुनर्स्थापना नगरे र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो । समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि आफ्ना माग सम्बोधन गराउनको लागि खासगरी राजसंस्था […]
प्रदेश लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिश
बुटवल, १० साउन । प्रदेश नं ५ लोक सेवा आयोगको अध्यक्षमा प्रा डिलाराम भट्टराई सिफारिश हुनुभएको छ । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो । प्रदेश लोक सेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोक सेवा आयोग ऐनमा व्यवस्था छ […]










