काठमाडौँ, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएको छ । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र […]
राजनीति
सरकारले लगानीमैत्री वातावरणलाई प्राथमिकता दिएको छ: अध्यक्ष दाहाल
बुटवल, ९ असोज । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्दै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिएको बताए । उनले […]
चीनले भन्यो हामी कहिल्यै विचारधारा निर्यात गर्दैनौ
काठमाडौ, ९ असोज । चीनले कुनै पनि देशमा विचार निर्यात नगर्ने बताएको छ । काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले आफ्नो देशले कहिल्यै विचार निर्यात नगर्ने बताएकी हुन् । नेपालमा सी जिनपिङ विचारधाराबारे बहस भइरहेका बेला राजदूत यान्छीको यस्तो भनाई आएको हो । चीन अध्ययन केन्द्रले आयोजना गरेको ‘सी जिनपिङ थटः बिल्डिङ अ कम्युनिटी विद अ […]
राजदूतद्वारा नेपाल भ्रमण वर्षको निम्तो
काठमाडौँ, ९ असोज । बहराइनका लागि नेपालका राजदूत पदम सुन्दासले संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा नेपाली राजदूतावास मनामा, बहराइनद्वारा आयोजित कार्यक्रममा बहराइनीलाई नेपाल भ्रमणको निम्ता गरे । बहराइन सरकारका परराष्ट्र सचिव डा सैखा राना विन्ट लसा अल खलिफाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बहराइन सरकारका उच्चपदस्थ अधिकारी, बहराइनस्थित विभिन्न मुलुकका राजदूत तथा पदाधिकारी, अन्तरराष्ट्रिय […]
काङ्ग्रेस कर्मशील हुनुपर्छ: नेता पौडेल
लमही, ९ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए । प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उनले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा […]
नेपालीको एकता र सद्भावलाई कसिलो बनाउँछ– मन्त्री कार्की
विराटनगर, ८ असोज । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको एकता र सद्भावलाई कसिलो बनाउन चाडपर्वले योगदान दिएको बताएका छन । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मन्त्री कार्कीले यस प्रदेशमा कानून निर्माणमा उल्लेखनीय काम भएको प्रष्ट पारे । उनले निर्माण भएका कानूनबाट प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्दै प्रदेश […]
माध्यमिक विद्यालय शिक्षक युनियनद्वारा शिक्षक लाइसेन्सको परीक्षा बहिस्कार
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन)ले शिक्षक लाइसेन्सको परीक्षा बहिस्कार गर्ने भएको छ । बुधवार हिस्टुनको केन्द्रिय कार्यालयमा बसेको अनौपचारिक बैठकले शिक्षक आयोगले खुलाएको शिक्षक लाइसेन्स विज्ञापनको विज्ञापन नम्बर ३५ खारेज नभएसम्म परीक्षामा सहभागी नहुन सम्पूर्ण सदस्य शिक्षकहरुसँग अनुरोध गरेको छ । हिस्टुनले शिक्षक लाइसेन्स विज्ञापन खारेजीको माग गर्दै गत साउन २८ गते सर्वोच्च […]
सिक्दै डेढ वर्ष बित्यो : उपसभामुख
काठमाडौँ, ८ असोज । सङ्घीय संसद् र प्रदेशसभाका उपसभामुखले डेढ वर्षसम्म सङ्घीयताअनुरुपका संविधान कार्यान्वयनका काम सिक्दै बितेको अनुभव सुनाएका छन । उपसभामुखको मङ्गलबार भएको भेलाका बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सङ्घीय संसद्मा निरन्तर अभ्यास भइरहेको भए पनि प्रदेशमा विशुद्ध नयाँ अभ्यास भएको हुँदा सिक्नैमा धेरै समय खर्च भएको उपसभामुखले आफ्ना अनुभव सुनाएका […]
कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्छः मुख्यमन्त्री भट्ट
कैलाली, ८ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको कृषि क्षेत्रमा सोचेअनुरुप परिवर्तन हुन नसकेको बताए । प्रदेश कृषि विकास रणनीति तयारीका लागि जिल्ला समन्वय समितिका प्रमुख एवं विज्ञहरूसँग आज धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गर्नुपर्ने आवश्यकता औँल्याए । मुख्यमन्त्री भट्टले भने, “कृषि […]
गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित
पोखरा, ८ असोज । गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ । सभामा सामाजिक विकासमन्त्री नरदेवी पुनले विधायन समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित गरियोस् भनी पस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए । […]











