सत्तारुढ नेकपाको बैठक बालुवाटारमा सुरु, को को फेरिएलान मन्त्रीपरिषदमा

काठमाडौं, २५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुन लागेको आजको बैठकले केही मन्त्रीहरु हेरफेर गर्नेबारेमा पनि छलफल हुने बताइएको छ । यसअघि यसै विषयमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य छलफल समेत गरेकोले आजको पार्टीको बैठकमा यो विषयमा […]

गुप्तचरको गुप्तचरी अनुगमन गर्न अर्को गुप्तचर तैनाथ गर्ने तयारीमा सरकार

काठमाडौँ, २५ कात्तिक । कुनै पनि विदेशी व्यक्ति, समूह वा सङ्घसंस्थाले नेपाल राज्यविरुद्ध तथा राष्ट्रिय सुरक्षाबारे जासुसी गरे/गराएको निगरानी राखिने भएको छ । प्रधानमन्त्री कार्यालय मातहतमा रहने राष्ट्रिय अनुसन्धान विभागमा यससम्बन्धी प्रतिगुप्तचरी एकाइ नै रहने गरी सरकारले विशेष व्यवस्था गर्न लागेको खबर आजको गोराखापत्रमा नारायण काफ्लेले लेखेका छन् । नेपाल विशेष सेवा गठनसम्बन्धी नयाँ विधेयक […]

नेकपा सचिवालय बैठक शुरु

काठमाडौँ, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णुप्रसाद पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, उपप्रधानमन्त्री […]

अमेरिकी रिपोर्टप्रति विप्लवले दिए कडा प्रतिक्रिया, अमेरिकाले नेपालमा राजनैतिक अपराध गरेको दावी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएका छन् । विश्वभर चलिरहेका अशान्ति, युद्ध, विध्वंश, आतंक र नरसंहारको संरक्षक मात्र नभई त्यसको सञ्चालक र स्रोत समेत अमेरिका भएको दावी पनि विप्लवले गरेका छन् । उनले वास्तविक शान्ति, मानवता, स्वतन्त्रता, स्वाधीनता एवं परिवर्तनका वाहक शक्ति, श्रमिक जनता, कम्युनिस्ट […]

उपचार गर्ने वाहनामा कारागारबाट पाँच तारे होटेल र घरघरमा कैदी पुर्याएर मोज गराएको खुलासा, पहरो गर्जदै

काठमाडौं, २४ कार्तिक । जेल सजाय भोगिरहेका एक व्यक्तिलाई अस्पताल लाने वाहनामा पाँच तारे होटलमा लगेर मस्ती गराउने गरेको खुलेपछि नेपाल प्रहरीका एक अधिकृत निलम्बनमा परेका छन् । राजधानीको डिल्लीबजारस्थित सदरखोर जेलमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश ढाँट निलम्बनमा परेका हुन् । उनले चर्चित सुडान घोटला प्रकरणमा दोषी ठहर भई सजाय भोगिरहेका ठेकेदार शम्भु भारतीलाई […]

लामो समयपछि काठमाडौंमा प्रदर्शनमा उत्रेका विप्लवका कार्यकर्ताहरुलाई प्रहरीले ग¥यो गिरफ्तार

काठमाडौं । भारतले नेपालीभूमी हडपेर नक्सा तयार गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको अनेरास्ववियु (क्रान्तिकारी)माथि प्रहरीले हस्तक्षेप गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको आह्‍वानमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले विरोध प्रदर्शनको लागि आएका विद्यार्थीहरुलाई ठाउँठाउँमा रोकेको छ भनेने माइतीघरमा पुगेका विद्यार्थीहरुमाथि हस्तक्षेप गरेको छ । प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य […]

महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन जरुरी: मुख्यमन्त्री भट्ट

कैलाली, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा अन्त्यका लागि सोचमा परिवर्तन हुन जरुरी रहेको बताए ।लैङ्गिक हिंसा विरुद्वको वर्ष अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज धनगढीमा आयोजना गरेको ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका र प्र्रतिबद्धता’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मुख्यमन्त्री भट्टले व्यक्तिको सोच र व्यवहारमा परिवर्तन नआएसम्म […]

सर्वोच्च नेता सिंहको १०५औँ जन्मजयन्ती

काठमाडौँ, २४ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको योगदानलाई बिर्सन नसकिने बताए । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, सर्वोच्च नेता एवम लौहपुरुष सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा आज सभापति देउवाले विज्ञप्ति जारी गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका छन । राष्ट्रिय राजनीतिमा लौहपुरुषका रुपमा परिचित एवम अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा समेत […]

राज्यमन्त्री रावलद्वारा राजीनामा

अत्तरिया, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन ।कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन । राज्यमन्त्री रावलले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन । “म माथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस् । छानबिनमा मेरो […]

जनआन्दोलनका कमान्डर सिंहको सालिकमा माल्यार्पण

काठमाडौँ, २४ कात्तिक । लौहपुरुष तथा २०४६ सालका जनआन्दोलनका कमान्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ र गणेशमान सिंह फाउन्डेशनको आयोजनामा आज शोभाभगवतीमा रहेको उनको सालिक माल्यार्पण गरिएको हो । काङ्ग्रेस नेता राजनकुमार केसीले प्रजातन्त्र सुदृढ गर्न स्व गणेशमानका आदर्शलाई व्यावहारिक रुपमा अनुसरण गर्नुपर्ने बताए […]