हटाउने सुचिमा रहेका मन्त्रीहरु आउनै छाडे मन्त्रालय

काठमाडौं ३ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरेका छन् । पार्टीको सचिवालय बैठकले मन्त्रिमण्डल पूनर्गठनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको छ । सोहीअनुसार ओलीले तयारीलाई तिव्रता दिएका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले आधा दर्जन मन्त्रीहरुलाई एकसाथ विदाई गर्न लागेका छन् । विदाई हुने चर्चामा रहेका नाममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर […]

विप्लवका बरिष्ठ पोलिटब्यूरो सदस्यले गरे पार्टी परित्याग

काठमाडौं, ३ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एकजना पोलिटब्यूरो सदस्यले उक्त पार्टी परित्याग गरेका छन् । सरकारद्वारा प्रतिबन्ध घोषणा गरिएको विद्रोही नेकपाका पोलिटब्यूरो सदस्य कृष्ण धमला गम्भीरले उक्त पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आजै एक विज्ञप्ति जारी गर्दै आफू अब स्वतन्त्र रुपमा रहने जानकारी गराएका छन् । विद्रोही […]

सरकार ढिलो भएकै हो, अब विकासको लहर ल्याउँछ: प्रचण्ड

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार सरकारले गति लिन नसकेको स्वीकारेका छन् । भैरहवामा आयोजित लुम्बिन औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नै पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार हुँदा पनि व्यवसायीले चाहे जस्तो वातावरण बन्न नसकेकोमा दुःख व्यक्त गरे। ‘उद्योगी व्यवसायीहरुले सरकारबाट उद्योग तथा […]

बुहारी बिनाको पद जोगाउन प्रचण्ड किन लागे

काठमाडौं, ३ मंसिर । सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खानेपानी तथा सरसफाई मन्त्री विना मगरको मन्त्री पद जोगाउन हदैसम्मको प्रयास गरेको समाचार बाहिरिएको प्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ । प्रचण्डको निजि सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुको विषयमा प्रचण्डलाई जोडेर आएको समाचारको खण्डन गरेको छ । […]

ओलीको भाषणले तर्सियो भारत

काठमाडौं ३ मंसिर। भारतले हालै जारी गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भुभाग मिचेपछि नेपालमा मात्रै नभएर विश्वभर छरिएर रहेका नेपालीहरुले आन्दोलन गरिरहेका छन् । नेपालमा सम्पूर्ण राजनीतिक दल र तिनका भात्रृ संगठनहरुले दिनहुँजसो आन्दोलन गरिरहेका छन् । यही क्रममा नेपाली भूमि कालापानीमा राखिएका भारतीय सेनाबारे पहिलो पटक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीमा अतिक्रमण […]

नेपाली खेलाडीमाथि राजनीतिक खतराको घण्टी

नेपाली फुटबलको एकलौटी तानाशाही प्रवृति, म्याच फिक्सिङ काण्ड, अध्यक्षको भ्रष्टाचार काण्ड पर्दाफास भएसँगै फेरि एक पटक नाईट क्लबमा मोज मस्ती गरेको समाचार बाहिर आएको छ। जुन आम फुटबल प्रेमीलाई चासो र चिन्ताको विषय बन्न पुगेको छ। मिडियामा आउने नकारात्मक टिप्पणीहरु र उनले भोलिको दिनमा गर्न सक्ने उपलब्धिहरुको बारेमा चासो दिनु हाम्रो कर्तब्य पनि हो। हाम्रा […]

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

काठमाडौँ, २ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरिन । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष कार्यवाहक अध्यक्ष ओझाले प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी राष्ट्रपति […]

विकास निर्माणका काममा अनावश्यक मुआब्जा माग्ने प्रवृत्ति बढ्यो– प्रधानमन्त्री

काठमाडौँ, २ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले भने, “आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम राजश्व तिर्न परोस् भन्ने मान्यता राख्ने, तर सरकारसँग लिन परे भने असाध्यै धेरै माग्ने प्रवृत्ति हावी भयो । यस्तो प्रवृत्तिले विकास निर्माणको काममा […]

सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने: मन्त्री पण्डित

काठमाडौँ, २ मङ्सिर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताए । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए । मन्त्री पण्डितले […]

मृगौलापीडित प्रधानमन्त्रीले मृगौलापीडितकै सुविधा खोसेको गम्भीर आरोप

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् मृगौला पीडित भएर पनि आफूहरुको समस्यामा गम्भीर नभएको भन्दै मृगौला पीडित सरोकार समाजले आज राजधानीमा प्रदर्शन गरेको छ । आफूहरुलाई उपलब्ध हुँदै आएको सहयोग पूर्ववत ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पसेका उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नपाएपछि उनीहरुले प्रदर्शन गरेका हुन् । मृगौला […]