ओलीको भाषणले तर्सियो भारत

भारतले कालापानी क्षेत्रमा ३७ हजार हेक्टरसहित देशका २३ वटा जिल्लामा ६० हजार हेक्टर नेपाली भूमि अतिक्रमण

काठमाडौं ३ मंसिर। भारतले हालै जारी गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भुभाग मिचेपछि नेपालमा मात्रै नभएर विश्वभर छरिएर रहेका नेपालीहरुले आन्दोलन गरिरहेका छन् । नेपालमा सम्पूर्ण राजनीतिक दल र तिनका भात्रृ संगठनहरुले दिनहुँजसो आन्दोलन गरिरहेका छन् । यही क्रममा नेपाली भूमि कालापानीमा राखिएका भारतीय सेनाबारे पहिलो पटक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीमा अतिक्रमण गरेर बसेका भारतीय सेना तत्काल हट्नुपर्ने र एक इन्च पनि नेपाली भूमि मिच्न नदिइने बताएपछि भारतका मिडियाले गहिरो चासो दिएका छन् ।

ओलीको त्यही भाषणलाई लिएर भारतीय मिडियाले अनेक टिप्पणी पनि गरेका छन् । बिबिसी हिन्दी लगायत भारतका मूलधारका मिडियाले नै ओलीको भनाइलाई प्राथमिकता साथ समाचार बनाए । कतिपयले त ओलीको यो अभिव्यक्तिलाई ‘नेपालका प्रधानमन्त्रीको रवाफ’को संज्ञा समेत दिए ।

भारतका चर्चित अंग्रेजी र हिन्दी पत्रिका तथा टेलिभिजनमा अनलाइन संस्करणमा प्रधानमन्त्रीको यो अभिव्यक्ति प्रमुख समाचार बनेको छ। केही दैनिक पत्रिकाले पनि यसलाई प्रमुखताका साथ समाचार बनाएर छापेका छन् । ओलीको यो भनाइलाई भारतीय टेलिभिजनहरुले आइतवारदेखि नैं विशेष प्राथमिकता दिएर प्रशारण गरेका थिए । कालापानीबारे बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार भारतसँग सम्वाद गर्न नडराएको बताएका थिए ।

भारतको चर्चित मिडिया आजतकले ‘नेपालका प्रधानमन्त्री ओलीको रवाफ’ भन्दै कालापानीको विषयलाई समाचार बनाएको छ । आजतकले लेखेको छ, ‘कालापानी पर नेपाली पिएमने दिखाए भारतको तेवर एक इन्च भी जमिन नहीँ देंगे ।’ अमर उजालाले भने ‘नेपाल के प्रधानमंत्री ओली का एलान, काला पानी इलाके से हटाए जाएंगे भारतीय सैनिक’ शीर्षकमा समाचार बनाएको छ । यस्तै ‘भारत से कालापानी विवाद पर नेपाली पीएम ओली बोले स् एक इंच भी ज़मीन नहीं मिलेगी’ भन्दै बिबिसी हिन्दीले समाचार लेखेको छ ।

भारतको अर्को चर्चित हिन्दी दैनिक पञ्‍जाव केशरीले पनि कालापानी अतिक्रमणबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई प्रमुखका साथ समाचार बनाएको छ। ‘कालापिानीको लेकर भारतको आंखें दिखा रहा नेपाल, एः ओली ने किया बडा ऐलान’ शीर्षकमा उसले विस्तृतमा समाचार प्रकाशित गरेको छ । भारतीय पक्षले भने आफ्नो भूमि मिचिएको नेपालको दाबीलाई अस्वीकार गर्दै आएको छ । भारतको केन्द्रीय सर्भे विभागले आफ्नो तर्फबाट जारी नक्सामा जम्मु कश्मिर र लद्दाखको भूभागबाहेक अन्त कतै परिवर्तन नगरिएको जिकिर गरेको छ ।

उसको दाबी अनुसार नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि भारतमै पछै । तर भारतीय कदमलाई लिएर नेपालमा आन्दोलन झन् चर्किँदै गएको छ । भारतले कालापानी क्षेत्रमा ३७ हजार हेक्टरसहित देशका २३ वटा जिल्लामा ६० हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ।

Loading...