एजेन्सी, २३ मंसिर । नेपालका राजनीतिक दलका नेतृत्व राज्य सरकारको नेतृत्वमा पुग्दा केश पुलिसक्ने भन्दै बहस, चर्चा चलिरहेका बेला फिनल्याण्डमा भने ३४ वर्षीया महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् ।प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । मरिन यसअघि यातायात मन्त्री थिइन् । पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी […]
राजनीति
कार्यविभाजनपछि प्रचण्डको योजना तिव्र, ल्याउँदैछन् ६ महिने कार्यक्रम
काठमाडौँ, २३ मंसिर । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियता बढेको छ । प्रचण्डको सक्रियता बढेसँगै पार्टी कमिटिका बैठकहरु भटाभट बस्न थालेका छन् भने निर्णयहरु पनि फटाफट हुने अपेक्षा नेकपाका नेता कार्यकर्ताको छ । दुई अध्यक्ष रहेको नेकपामा पार्टी एकता भएको लामो समयसम्म पनि स्पस्ट […]
नेपाली सेनालाई अमेरिकाले दियो दुई ‘स्काइ ट्रक’, काठमाडौंमा यसरी गरियो ल्याण्ड
काठमाडौं । अमेरिकाले नेपाली सेनालाई दिएको दुई वटा ‘एम–२८ स्काई ट्रक’ काठमाडौं आइपुगेको छ । अमेरिकाले नेपाली सेनाका लागि सहायता स्वरुप प्रदान गरेका सो स्काइ ट्रक आइतबार विहान काठमाडौंमा उत्रिएका हुन् । वि. सं.२०७२ सालको भूकम्पपछि अमेरिकाले नेपाली सेनालाई सहायता स्वरुप स्काई ट्रक दिने घोषणा गरेको थियो । अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत […]
उपनिर्वाचनमा चरम अन्तर्घात: पूर्वमाओवादीलाई छानीछानी हराइयो
काठमाडौँ, २२ मंसिर । देशभर ५२ स्थानमा हालै सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले ३१ स्थानमा जित्यो । तर जहाँजहाँ नेकपा पराजित भयो, त्यहाँत्यहाँ चरम अन्तर्घात भएको तथ्यहरु सार्वजनिक भएका छन् । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को १ मा पूर्वएमालेले ‘माओवादीका गुरिल्ला’ लाई किन भोट दिने भन्दै आफ्नै उम्मेदवारलाई हराए । अघिल्लो निर्वाचनमा […]
कार्यकारी भूमिकापछि झन् सक्रिय, देशव्यापी अभियान थालिने: प्रचण्ड
काठमाडौं, २२ मंसिर । पार्टी एकीकरण भएको १९ महिनापछि नेपाल कम्युनिस्ट पार्टीले एकीकृतरूपमा देशव्यापी अभियान थाल्ने तयारी गरेको छ। एक वर्षअघि बसेको स्थायी समिति बैठकले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरे पनि आन्तरिक विवादका कारण उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन। एकता भएसँगै शीर्ष नेताहरूले देशव्यापीरूपमा अभियान सञ्चालन गर्ने दर्जनौंपटक घोषणा गरे पनि कार्यान्वयनमा अहिलेसम्म […]
पार्टी क्रियासिल बनाउन उच्च तहका नेकपा नेताहरुसँग सघन छलफल: प्रचण्ड
काठमाडौं, २२ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी क्रियासिल बनाउन उच्च तहका नेकपा नेताहरुसँग सघन छलफल गरिरहेका छन् । सोमबार पार्टी सचिवालयको बैठक डाकेका प्रचण्डले नेताहरुसँग शनिवार र आइतवार विहानैदेखि छलफल शुरु गरेका छन् । आइतवार विहानै नेकपा बरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नै निवासमा २ घण्टा छलफल गरेका छन् भने शनिवार महासचिव बिष्णु […]
महरा बलात्कारको अभियोगमा जेल परेपछि नयाँ सभामुखको खोजी सुरु
काठमाडौं, २२ मंसिर । नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ सभामुखका बिषयमा छलफल थालेका छन् । सभामुख कृष्णबहादुर महरा बलात्कारको अभियोगमा जेल परेपछि नयाँ सभामुखका बिषयमा दुई अध्यक्षले छलफल थालेको नेकपा नेता देवेन्द्र पौडेलले बताए । ‘दुई अध्यक्षबीच नयाँ सभामुखका बिषयमा अनौपचारिक छलफल भइरहेको छ’ नेता पौडेलले भने ‘दुई अध्यक्षबीच सहमति […]
सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतद्धारा अस्वीकार
काठमाडौं २२ मंसिर । नेपालसँग सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतले अस्वीकार गरेको छ । भारतले कालापानी क्षेत्र आफ्नो नयाँ नक्सामा राखेपछि नेपालले सीमा विवादका बिषयमा छलफल गर्न भारतलाई कुटनीतिक नोट पठाएको थियो । कुटनीतिक नोटको कुनै जवाफ नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष दूत बनाएर पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई दिल्ली […]
अनधिकृत रूपमा विदेशि च्यानल प्रसारण गर्ने डिजिटल केबल सञ्चालकहरूको लाइसेन्स रद्द गर्दै
काठमाण्डौ, २२ मंसिर । सरकारले अनधिकृत रूपमा विदेश च्यानल प्रसारण गर्ने डिजिटल केबल सञ्चालकहरूको लाइसेन्स रद्द गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राज्यको राजस्वमा करोडौं घाटा हुने गरी अनधिकृत ढंगले च्यालनहरू प्रसारण गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएपछि सूचना विभागले यस्तो प्रक्रिया अघि बढाएको हो । क्लिन फिड लागू गर्ने […]
कांग्रेसले अन्तर्घातकै कारण चुनाव हार्नेे गरेकाे देउवा दावी
नवलपुर, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् । कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले काग्रेस २ गुट भएर चुनावमा जाँदा हार भएको बताए ।









