बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिए राजीनामा, मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

  काठमाडौँ।  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकि छिन। शाक्यले मुख्यमन्त्री बात राजिनामा दिएपछि तेश्रो मुख्य मन्त्री बन्न राजेन्द्र पाण्डेलाई सहज बाटो खुलेको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा ५९ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित बुधबार साँझ नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीको दावी […]

५९ सांसदको हस्ताक्षरसहित बागमतीको मुख्यमन्त्रीमा पाण्डेको दाबी

काठमाडौँ । बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनले बहुमतसहित दाबी पेश गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि दलहरूलाई आह्वान गरेलगत्तै गठबन्धनमा रहेका ५९ प्रदेशसभा सदस्यहरूको हस्ताक्षर लिएर प्रदेश प्रमुखको कार्यालयमा पेश गरिएको हो । मुख्यमन्त्री दाबीका लागि हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादी (एस)का […]

१३ उपसचिवको काज सरुवा

काठमाडौं । गृह मन्त्रालयले १३ उपसचिवको काज सरुवा गरेको छ । गृह मन्त्रालयमा रहेका उपसचिव श्रीधर केसी सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन् । लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभागमा, मोहनप्रसाद अर्याल इलाका प्रहरी कार्यालय सिमरामा, बासुदेव घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, हरिप्रसाद पन्त जिल्ला प्रशासन कार्यालय ललितपुरमा, ललितकुमार बस्नेत राष्ट्रिय परिचयपत्र तथा […]

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै

काठमाडौं । बाग्मती प्रदेशसभाको आज ९बुधबार० बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । सभामा विश्वासको मतका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । विश्वासको मतसम्बन्धी मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ । गत असोज २४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव […]

कर्णालीमा अध्यादेशबाटै लोकसेवा आयोग ऐन संशोधन

सुर्खेत । कर्णाली प्रदेशमा लोकसेवा आयोग ऐन संशोधन गर्न पनि अध्यादेशको बाटो रोजिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा प्रमंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश लोकसेवा आयोग ऐन २०७५ संशोधन गर्न बनेको अध्यादेश –२०७९ जारी गरेका हुन् । प्रदेश सरकारले कार्तिक ७ गते ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। […]

बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौँ । नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेको छ । मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए । ३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश राणाको राजीनामा मागेको […]

१४ न्यायाधिशपछि सर्वोच्च बारले पनि माग्यो प्रधानन्यायाधिशको राजीनामा

काठमाडौँ । सरकार सञ्चालनमा भागवण्डाको आरोप खेपेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामाथि राजीनामाको चर्को दबाब परेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशले नै राजीनामा माग गरेकामा साँझसम्म नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले पनि जवराको राजीनामा मागेका छन् । सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको अध्यक्ष पूर्णमान शाक्यले बताएका […]

२३ राजदूत थप्न परराष्ट्र मन्त्रालयको आन्तरिक तयारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले रिक्त रहेका २३ राजदूतहरुको पदपूर्तिका लागि आन्तरिक तयारी भइरहेको जनाएको छ । पररराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अस्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, बङ्गलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, भारत, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमन, कतार, रसिया, श्रीलङ्का, दक्षिण अफ्रिका, साउदी अरेबिया, स्पेन, संयुक्त अधिराज्य र अमेरिकालगायतका देशहरुको राजदूत पद हाललाई रिक्त छ । […]

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं । दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन्। स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनलाई आइतबार अपरान्ह डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। दमको समस्या बढेपछि उनलाई गत आइतबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो। सो क्रममा उनको […]

१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलले बताए । ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको […]