माघ २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय (सूचनासहित)

बुटवल, १ माघ । माघीरमाघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।

यसअघिको सरकारले पनि माघी एवं माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिँदै आएको थियो । माघ १ गते शनिबार स्वतः विदा भएकाले आइतबार एक दिन विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

हेर्नुहोस् सूचना

Loading...