जोखिम न्यूनीकरणका गर्न ५०० सय शैयाको क्वारेन्टिन कक्ष निर्माण गर्दै प्रदेश सरकार

काठमाडौँ, ७ चैत । (कोभिड–१९) को जोखिमलाई ध्यान दिँदै बागमती प्रदेश सरकारले ५०० शैयाको क्वारेन्टिन (निगरानी कक्ष) निर्माण गर्ने भएको छ। प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी, वन विज्ञान अध्ययन संस्थान, गौरीटार खेलकूद एकेडेमी र सशस्त्र प्रहरीको हेटौँडा क्याम्पमा सो कक्ष निर्माण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद […]

(कोभिड–१९) त्रास: राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित

काठमाडौँ, ७ चैत । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना संक्रमण र त्रासका कारण राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो । यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । सरकारले कोरोना भाइरसको […]

राष्ट्रियसभा बैठकमा सहभागी सांसदको तापक्रम परीक्षण

काठमाडौँ, ६ चैत । (कोभिड–१९ ) को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय संसद्ले पनि आजदेखि विशेष सावधानी अपनाउन शुरु गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो । चिकित्सक टोलीले बैठकमा प्रवेश गर्नुपूर्व सांसदलाई तापक्रम मापन यन्त्र (टेम्प्रेचर गन) ले […]

एसईई स्थगनपछि डा. बाबुराम भट्टराईको भविष्यवाणी: काजीगुटले माओवादी सिध्यायो अब नेकपा सिध्याउँछ

भक्तपुर,६ चैत । पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि आक्रामक अभिव्यक्ति दिएका छन् । बिहीवार शुरु हुने परीक्षा बुधबार स्थगन गरिएपछि उनले आक्रामक अभिव्यक्ति दिएका हुन् । बिहीवार सामाजिक संजालमा आफ्नो धारणा व्यक्त गर्दै उनले सरकारको निर्णयलाई नेता नारायणकाजी श्रेष्ठसंग जोडेर रीस पोखेका […]

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं, ६ चैत । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार बुधबार राति ८ बजे उनलाई गंगालाल अस्पताल भर्ना गरिएको हो। ‘उनलाई राति अचानक ढाड दुखेपछि अस्पताल भर्ना गरिएको हो,’ भट्टराईका प्रेस सल्लाहकारसमेत रहेका पाण्डेले भने, ‘सबै परीक्षणको रिपोर्ट नर्मल आएको छ, अब […]

( कोभिड-१९) त्रास: प्रचण्डद्धारा आजदेखि दैनिक भेटघाट कार्यक्रम सबै बन्द

काठमाडौं, ६ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड ले आजदेखि दैनिक भेटघाट कार्यक्रम स्थगित गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट अनिश्चित कालको लागि स्थगित गरेका छन् । अध्यक्ष प्रचण्ड अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको अध्यक्ष प्रचण्डको निजी […]

जर्मन छोरालाइ पाँच विघा जमिन र बंगलादेशी छोरीलाइ यतिसम्म पदको दुरुपयोग

काठमाडौं, ५ चैत । गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले आफू परराष्ट्रमन्त्री रहेका बेला विदेशी नागरिक छोरीलाई पदीय दुरुपयोग गरी गैरआवासीय नेपाली ९ल्च्ल्० को परिचय उपलब्ध गराएको प्रमाण फेला परेको छ । सुजाताद्वारा जर्मन नागरिकता भएकी र बंगलादेशी नागरिक रुबेल चौधरीसँग वैवाहिक सम्बन्धमा रहेकी छोरी मेलानी रोशा जोस्टलाई परराष्ट्र मन्त्रालयको तर्फबाट गैरआवासीय नेपालीको परिचयपत्र उपलब्ध गराइएको […]

गणेश र अग्निबीच संसदमा रिक्त महासचिव बनाउनेबारे चर्काचर्की

काठमाडौं, ५ चैत । पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्ने मात्रै हो । महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा । […]

भूमिसँग जोडिएका सबै समस्या समाधान गर्न सरकार गम्भीर छ: पद्‌मा अर्याल

काठमाडौं, ४ चैत । राष्ट्रियसभाको मंगलबारको बैठकमा भूमिसँग जोडिएर सदनमा सांसदहरुले उठाएका प्रश्‍नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्‌मा अर्यालले भूमि सम्बन्धि सम्पूर्ण समस्याको एकिकृत ढंगले समाधान गर्ने गरी सरकारले काम गरिरहेको स्पष्ट पारेकी छन् । उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या उठाइ रहनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिवद्धता जनाए। उनले सुकुम्बासी, […]

प्रदेश २ को नाम टुंगो लगाउन प्रदेशसभामा मतदान

जनकपुर, ४ चैत । प्रदेश २ को नाम टुंगो लगाउन प्रदेशसभामा मतदान प्रक्रिया सुरु भएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनअन्तर्गत मंगलबार बसेको ५७ औं बैठकबाट नामकरण प्रक्रियालाई मतदानमार्फत टुंग्याउन लागिएको हो । प्रदेशको नामकरणका लागि चार प्रस्ताव दर्ता भएकामा पहिलो प्रस्ताव ‘जानकी’ का लागि मतदान सुरु भएको हो । मतदान प्रक्रिया सम्पन्न गर्न प्रदेशसभा सचिवालयका […]