हर्षोल्लासपूर्वक बकर इद मनाइँदै

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना […]

उत्तरकाेरियाले बनायाे मिसाइलमा राखिने अत्याधुनिक परमाणुवम । अमेरिका अातङ्कित

एजेन्सी । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलमा राखिने सक्षम र उन्नत परमाणु बम विकसित गरेको दाबी गरेको छ । उत्तर कोरियाली सरकारी समाचार सेवाले देशका नेता किम जोंग उनले नयाँ बमको निरिक्षण गरिरहेको तस्बिर सार्वजनिक गरेको छ । एजेन्सीले यो हाइड्रोजन बम भएको बताएको छ । यद्यपी, उत्तर कोरियाको उक्त दाबी स्वतन्त्र रुपमा पुष्टि भने हुन […]

नापी कार्यालयका प्रमुख होटलको कोठाभित्र मृत फेला

मोरङ, १८ भदाै । नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला परेको छ । नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । आव २०७३÷७४ को वार्षिक समीक्षा एवं भूमि व्यवस्थापनसम्बन्धी तीनदिने गोष्ठीमा […]

नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित

काठमाडौँ, १८ भदौ । त्रिभुवन विश्वविद्यालयले विवादित नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन हाललाई स्थगन गरेको छ। काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत हुने गरी सो सम्बन्धन दिइएको विषयमा सार्वजनिक आलोचनापछि त्रिविले स्थगनको निर्णय गरेको हो। सम्बन्धन […]

हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिइने

काठमाडौँ । नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिने लगायत ११ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न भएको छ  । सनातन संस्कृति समाज नेपालको आयोजनामा भदौ १५ गते शुरु भएको सम्मेलन आज ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । नेपाललाई वैदिक सनातन धर्मावलम्बीको मूल केन्द्र बनाउने घोषणालाई […]

४ अर्ब १४ कराेडकाे बिगाे दावीसहित हुण्डी काराेबारी विरुद्ध अहिलेसम्मकै ठूलाे मुद्दा दायर

काठमाडौं, १७ भदाै । राजश्व अनुसन्धान विभागले हुण्डी काराेवारी विरुद्ध अहिलेसम्मकै ठूलाे बिगाेदावीसहित मुद्दा दायर गरेकाे छ । विभागले काठमाडाैं जिल्ला अदालतमा ४ अर्ब १४ कराेडकाे बिगाे दावीसहित हुण्डी कारोबारीविरुद्ध मुद्दा दायर गरेको हाे । याे अहिलेसम्मकै ठूलो बिगो रकम दावी गरिएको मुद्दा भएकाे विभागले जनाएकाे छ । विभागले हुण्डी काराेवारमा सम्लग्न भएकाे भन्दै राजेन्द्र […]

मन्त्री नपाएपछि माओवादी केन्द्रका नेताले दिए सांसद र पार्टी केन्द्रीय सदस्यबाट राजिनामा

काठमाडौं, १७ भदाै । नेकपा माओवादी केन्द्रका एक संसदले पार्टीका सबै पद र सांसद पदबाटसमेत राजिनामा दिएका छन् । सांसद योगेन्द्र घिसिङले पार्टीभित्र पार्टी र नेताहरुले कार्यकर्ताहरुलार्इ उपयाेग मात्र गरेकाे बताउँदै त्यसकाे विराेध स्वरुप पार्टी परित्याग गरेकाे बताएका छन् । सांसद घिसिङ सभामुख ओनसरी घर्ती र पार्टीका प्रमुख सचेतक रेखा शर्मालाई अाफ्नाे राजिनामा पत्र बुझाएका […]

आर्थिक पत्रकारको अध्यक्षमा आचार्य विजयी

काठमाडौं, १७ भदाै । आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन् । सेजनको शुक्रबार सम्पन्न १८ औं साधारणसभाबाट आचार्य निर्वाचित भएका हुन् । शुक्रबार भएको मतदानमा मोद ढकाललाई १२ मत अन्तरले पराजित गर्दै आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै, उपाध्यक्षमा प्रभात भट्टराई १३७ मत प्राप्त गरी निर्वाचित भएका छन् । […]

पनौतीबाट काठमाडौं आउँदै गरेको बस जोरपाटीमा दुर्घटना, १६ जना घाइते (फोटोसहित)

भक्तपुर, १७ भदौं । भक्तपुरकाे जाेरपाटीमा एक यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । काभ्रेकाे पनाैतीबाट काठमाडाैं अाउँदै गरेकाे बा२ख ९५८० नम्बरको यात्रुबाहक बस सूर्यविनायक नगरपालिका वार्ड नं ९ जोरपाटीमा अाइपुगेपछि दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी १७ जना यात्रु घाइते भएकाे प्रहरीले जनाएकाे छ । शनिबार बिहान अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत जोरपाटी स्थित ओभरटेक गरेर […]

क्रान्तिकारीकाे अध्यक्षमा रञ्जित तामाङ विजयी

प्रचण्ड नेतृत्वमा रहेकाे नेकपा (माओवादी केन्द्र)काे विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन्। अर्का प्रत्यासी अनिल शर्मालाई हराएर तामाङ अध्यक्ष पदमा विजयी भएका हुन्। यसअघि तामाङ उपाध्यक्ष थिए भने शर्मा महासचिव थिए। कीर्तिपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट तामाङले शर्मालार्इ जम्मा २३ मतकाे अन्तरले पराजित गरेका हुन् । तामाङले ८ […]