मुसामाथि मेसी हावी भएपछि अर्जेन्टिना उपविजेता बन्न सफल

काठमाडौं । विश्वभर सर्वाधिक चर्चामा रहेका अर्जेन्टिनी स्टार लियाेनल मेसीकाे उत्कृष्ट प्रदर्शनसँगै रसिया विश्वकपमा अर्जेन्टिना समूह चरण पार गरेर नकअाउट चरणमा प्रवेश गरेकाे छ । मेसीकाे सुरुवाती गाेल र मार्कोस रोजोले खेलकाे ८८ अाै मिनेटमा गरेकाे गोलसँगै अर्जेन्टिनाले प्रतिद्वन्द्वी नाइजेरियालार्इ २-१ ले पराजित गरेर समूह डीकाे उपविजेता बनेकाे छ । सोमबार राति भएको समूह डीको […]

सरकारको गाडी मोह १४ वर्षमा ५४ अर्ब स्वाह, इन्धन, मर्मतमै अर्बौ खर्च

काठमाडौं, १३ असार । सवारी साधनका नाममा सरकारकाे अरबाै रकम रकम खर्च हुने गरेकाे छ । प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मको गाडी मोह यतिसम्म रहेकाे छ कि एक वर्षमै कराेडाै रकम गाडीमा खर्च हुन्छ । १४ वर्षकाे तथ्याङ्क निकाल्दा ५४ अर्ब रुपैयाँ सवारीसाधनमा खर्च भइसकेकाे छ । सबैभन्दा बढी त गाडी मर्मतका नाममा नै अर्बाै रकम स्वाह […]

विश्वकप फुटबल: अर्जेन्टिना र मेसीलाई आज अन्तिम मौका

काठमाडौं । रुसमा जारी विश्वकपमा अर्जेन्टिना खराब खेलबाट ग्रज्रिरहेको छ । विश्वकै स्टार खेलाडी लियोनल मेसीको टोली अर्जेन्टिना एउटामा अनेपिक्षित हार र अर्कोमा बराबरीको दबाबमा छ । त्यसैले उसलाई मंगलबार (आज) राति ११ः४५ मा हुने समूह चरणको अन्तिम खेल जित्नैपर्ने दबाब छ । नत्र उसको विश्वकप यात्रा र मेसीको सपना यहीबाट तुहिने छ । मंगलबार […]

पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु

बाग्लुङ । भीषण वर्षापछि गएराति पहिरोले घर भत्काउँदा बाग्लुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेका बेला एक्कासी खसेको ठूलो पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । […]

धनगढीमा एक श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

धनगढी । घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् । असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको शव फेला पारेको हो । उजुरीको आधारमा २४ घण्टाभित्रै प्रहरीले तेजको शव पत्ता लगाउनुका साथै हत्यामा संलग्न भनिएका […]

मेयरको हत्या आरोपमा सहरका सबै प्रहरी गिरफ्तार

काठमाडाैं । मेक्सीकोको शहर ओकाम्पोस्थित एउटा पूरै पुलिस विभागलाई मेयरका उम्मेद्वारको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको छ । ६४ वर्षका फर्नान्डो एन्जेल्स जुआरेजको तीन अज्ञात बन्दुकधारीले गत बिहिबार उनको घर बाहिर गोली हानी हत्या गरेका थिए । जुलाई १ तारिखदेखि मेक्सीकोमा आम निर्वाचन हुँदैन । सेप्टेम्बरदेखि यहाँ एक सय २० नेताको हत्या भइसकेको छ […]

गल्छी–रसुवागढी’ सडकको मुआब्जा निर्धारण

नुवाकोट, ११ असार । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडकको दायाँबायाँ १५–१५ मिटर भित्रपर्ने जग्गाको साविक दुईपिपल, रातमाटे र जिलिङको जग्गाको मुआब्जा रकम आज निर्धारण गरिएको छ । प्रतिआना दुई लाख २५ हजारदेखि तीनलाख २५ हजारसम्म तोकिएको मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । मुआब्जा […]

देशभर पहिराे र पानीकाे सकस सुरु

काठमाडाैं, १२ असार । नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । प्रहरीका अनुसार, चारकिलोसहित जलविरे, तोपेखोला लगाएतका स्थानहरुमा समेत पहिरो झरेको छ । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन-चार […]

रोल्पामा आठ महिनामा छ जनाको हत्या

रोल्पा, १२ असार । रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै ससुरा बुबाको […]

एसईई परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयको आजको निर्णयअनुसार गठित समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भूराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव […]