सुझाब समेटने गरी ओली गलेपछि २ सातादेखि चलेको नेकपाको बैठक सम्पन्न, प्रतिवेदन सर्वसम्मतले पारित

काठमाडौँ, १३ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी समितिकाे बैठकले तत्कालका लागि पार्टीभित्र देखिएका विवाद सल्टाउँदै प्रस्तुत प्रतिवेदन पारित गरेकाे छ । विवादका कारण लम्बिएकाे बैठक अन्तत: अध्यक्ष केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्डले माैखिक अाश्वासनका पाेका फुकाएपछि प्रतिवेदन पारित गर्दै सकिएकाे हाे । नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी […]

ठेकेदार, डिजाइनर र व्यवस्थापनले मिलेमतो गरी यसरी गर्छन ठूला परियोजनामा चरम लापरवाही

काठमाडौँ, १३ पुस । राष्ट्र निर्माणका महत्वपूर्ण विकास निर्माणका ठूला परियोजनाको काममा चरम लापरवाही भएको पाइएको छ । परियोजनाको ढाँचा तयारीदेखि ठेक्कापट्टासम्मका काममा ठेकेदार, डिजाइनर र परियोजना व्यवस्थापनपक्षबीचको मिलेमतोमा राज्यकोषमा भार परेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले औँल्याएको छ । आयोगले हालै गरेको एक अध्ययनअनुसार ठूला आयोजनामा विनामापदण्ड चालू खर्च बढाउँदै जाने, विकास आयोजना र कार्यान्वयको […]

एकाविहानै बालाजुमा ट्रिपरले किचेर सडक छेउमा चिया बेच्ने श्रीमानको मृत्यु श्रीमती घाइते

काठमाडौं, १३ पुस । बालाजुकाे बाइपासमा एकाबिहानै ट्रिपरले सडक छेउमा चिया बेचेर बस्ने बृद्धकाे ज्यान लिएकाे छ । तीब्र गतिमा अाएकाे ट्रिपर अनियन्त्रित हुँदै अाएर चिया बेचिरहेका दम्पतिमाथि पल्टिएपछि ५८ वर्षीय दलबहादुर विसंखेकाे मृत्यु भएकाे छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन । ना७ख ७००५ नंको ट्रिपर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेका बेला […]

मनाङमा अत्यधिक हिमपात, लगातार १८ घन्टासम्म हिमपात रोकिएन

मनाङ, १३ पुस । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ ।  अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ ।  प्रमुख जिल्ला […]

धुलो हटाउन नसकेपछि महानगरका मेयर शाक्यले धुलो हुनुको कारण बताए

काठमाडौं, १२ पुस । धुलाेमुक्त सहर बनाउने घाेषणापत्रले चर्चा कमाएका काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अहिले अाएर धुलाे हुनुकाे कारण बताउन थालेका छन् । धुलाेमुक्त बनाउन निकै प्रयास गरे सहरमा धुलाे झन बढ्न थालेपछि कायल परेर महानगरका मेयर धुलाेकाे कारण बताएर भाषण सक्न थालेका छन् । यसैबीच मेयर शाक्यले काठमाडाैंकाे धुलाे ठेकेदारका कारणले हुने गरेका […]

नयाँ बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने : प्रधानमन्त्री ओली (फोटो फिचर)

  काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा भएको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आयोजित कार्यक्रममा बाेल्दै प्रम अाेलीले साे कुरा बताएका हुन् ।  प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास पुनर्निर्माणको एउटा अङ्ग भएको बताउँदै सरकार […]

सामान्य विवादमै खुकुरी र रड प्रहार गरी आक्रमण गर्ने तीन विरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक, १२ पुस । सामान्य विवादका क्रममा खुकुरी र रडले आक्रमण गर्ने तेमाल गाउँपालिका–६ ठूलोपर्सेलका तीन विरुद्ध ज्यान मार्ने उद्योगमा धुलिखेल जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरिएको छ । मङ्गलबार साँझ उक्त गाउँपालिका–६ होटलडाँडास्थित बसपार्कमा सामान्य विवादका क्रममा स्थानीय ५० वर्षका रकम तामाङ, २३ वर्षका फन्जु तामाङ र १७ वर्षका पाल्देन तामाङले सोही वडाको कुनीटोलका २७ […]

तीन हप्ते अल्टिमेटम दिएर तीन राजदुत सरकारले फिर्ता बोलायो

काठमाडौँ, ११ पुस । सरकारले तीनजना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । गएको सोमाबार बसेको मन्त्रीपरिषद बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला नियुक्त भएका तीन देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले राजदूतहरु अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र डा. चोपलाल भुसाललाई फिर्ता बोलाउने निर्णय […]

चार वर्षका लागि नियुक्त झा चार महिनामै राजीनामा दिन बाध्य

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । चार वर्षका लागि नियुक्त झा चार महिनामै राजिनामा दिन बाध्य भएका छन् । झाले बुधबार बिहान पत्रकार सम्मेलन गरेर अाफू भन्दा सक्षम प्रशासक नरहेकाे दावी गरेका थिए । साथै उनले अाफ्नाे मानहानी गरिएकाे भन्दै क्षतिपूर्तीका लागि अदालत जाने बताएका थिए । बिहान पत्रकार […]

रक्सोल-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र अायात हुने

विरगंज । डिजेल, पेट्रोल र हवाई इन्धन पाइपलाइनबाट ढुवानी गर्दा प्राविधिक रूपमा समस्या देखिएकाले डिजेल मात्र ल्याउन सकिने निगमले जानकारी दिएको छ । रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र आयात गरिने भएको छ । बजारमा डिजेलको माग धेरै रहेको र प्राविधिक रूपमा अन्य पेट्रोलियम पदार्थ ल्याउन नमिल्ने भएकाले पनि पाइपलाइनबाट डिजेल मात्र ल्याउन लागिएको हो । […]