काठमाडाैँ, १५ पुस । राेजगारीका लागि अवसर खाेजिरहेकाहरुका लागि एनअाइसी एशिया बैंकले ठूलाे माैका दिएकाे छ । बैंकले ६ सय जनाका लागि राेजगारी सिर्जना गरेकाे छ । बैंकले अाइतबार एकैसाथ ६ सय जना कर्मचारी माग गरेको छ। अाइतबार सूचना जारी गर्दै बैंकले उपत्यकाभित्र र बाहिरका शाखामा काम गर्ने गरी आवेदन माग गरेको छ । बैंकले […]
मुख्य समाचार
खैरो हेरोइनसहित चार पक्राउ
झापा, १५ पुस । छुट्टाछुट्टै स्थानबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक–६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । […]
राष्ट्र बैंकमा रोकिएको अर्बौ रुपैयाँ छुटाउन सुमार्गी सर्वोच्चको आदेश गराउन सफल
काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकमा पाँच वर्षदेखि राेकिएकाे विवादास्पद चर्चि व्यापारी अजयराज सुमार्गीकाे ८३ कराेड रुपैयाँका लागि सर्वाेच्चले अादेश गरेकाे छ । सर्वाेच्चकाे याे अादेशसँगै अब सुमार्गीले उक्त रकम झिक्ने बाटाे खुलेकाे छ । सुमार्गीले ट्याक्स हेवेन देश ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम नेपाल भित्र्याएका थिए । मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिकाे […]
फुटको संघारमा विवेकशील साझा पार्टी, दुर्इ अध्यक्ष दुर्इतिर
काठमाडौं, १५ पुस । प्रदेश र संघीय प्रतिनिधि सभा चुनाव अघि दुर्इ अलग अलग पार्टी मिलेर बनेकाे विवेकशील साझा पार्टीभित्रकाे विवाद चरमचुलीमा पुगेकाे छ । साे पार्टीमा हालका लागि दुर्इ जनालार्इ संयाेजक बनाइएकाे थियाे । साझा पार्टीका रविन्द्र मिश्र र विवेकशील पार्टीका उज्जवल थापा दुबैजना पार्टी एकिकरणपछि एकीकृत पा रिवर्टीकाे संयाेजक भएका थिए । तर […]
अधिकांश निजी स्कूल नियम विपरित सञ्चालन
नेपालगञ्ज, १५ पुस । बाँके जिल्लाका अधिकांश संस्थागत (निजी) विद्यालय शिक्षा नियावलीविपरीत रहेका छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार सञ्चालन हुन नसकेको पाइएको छ । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्दा जिल्लाका अधिकांश निजी विद्यालयमा विद्यालय व्यवस्थापन समितिसमेत छैनन् । शिक्षा नियमावलीअनुसार व्यवस्थापन समिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । भएकामा […]
निर्मला हत्यालार्इ रहस्यमय बनाएको कन्चनपुर प्रहरीले पत्रकारलार्इ दियो शौचालयमा थुनेर मार्ने धम्की
काठमाडाैं, १४ पुस । निर्मला पन्तकाे हत्या सम्बन्धि प्रमाणहरु क्रमश: लुकाएर घटनालार्इ रहस्यमय बनाएकाे कन्चनपुर प्रहरीले एक पत्रकारलार्इ दुर्व्यवहार गरेकाे खुलेकाे छ । प्रहरीले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पदमराज बाेहाेरालार्इ दुर्व्यवहार गरेकाे हाे । महेन्द्रनगर नगर विकास समितिको जमिन प्रकरणको समाचार संकलनका क्रममा होटल ओपेरा नजिक पुगेका पत्रकार बाेहाेराकाेे परिचय पत्र च्यातेर फाल्नुका साथै दुर्व्ववहार […]
हत्यारा पत्ता लगाउन अन्ततः चितुवाको डिएनए परिक्षण गरियो
सन्धिखर्क, १४ पुस । हत्यारा पत्ता लगाउन अर्घाखाँचीमा चितुवाको डिएनए परिक्षण गरिएको छ । लगातार १४ बालबालिकाको ज्यान लिने चितुवाको पहिचान गर्न यो डिएनए परिक्षण गरिएको हो । १४ जनाको ज्यान लिने चितुवा एउटै हो वा होइन भन्ने पत्ता लगाउन काठमाडौंस्थित प्रयोगशालामा डिएनए परिक्षण गरिएको हो । डेढ महिनाअघि अर्घाखाँचीको ढिकुरा पियाले खोलामा नरभक्षी ठानिएको […]
१८ वर्षपछि हिउले छपक्कै ढाकिए डाँडा
धनकुटा, १४ पुस । धनकुटाका उच्च पहाडी भेगमा बाक्लो हिउँ परेर यहाँको जनजीवन प्रभावित बनेको छ । हिउँसँगै अहिले यस क्षेत्रमा अत्याधिक चिसो बढेको छ । धनकुटा–१ हिलेदेखि जोरपाटी, सिँधुवा हुँदै चित्रेसम्मको भाग हिउँले ढाकिएको हो । हिउँले ढाकिएका ती डाँडाहरु सेताम्मे देखिएका छन् । हिलेमाथिका डाँडामा पनि हिउँले ढाकिएको बताइएको छ । शुक्रबार दिउसोदेखि […]
गोकर्णेश्वरमा भारतीय व्यापारीले चलाएकाे धागो उद्योगमा आगलागी
काठमाडौंको गोकर्णेश्वर स्थित भगवती धागो उद्योगमा आगलागी भएको छ । भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर नगरपालिका ४ को उत्तरबाहिनी चोकमा संचानल गरेको भगवती घागो उद्योगमा शनिबार बिहान करिब ४ बजे विद्यतु सर्ट भइ आगलागी भएको महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खड्काले जानकारी दिए । आगलागीबाट मेसिन,जेनेरेटर लगायत अल्लो,उन जस्ता कच्चा पदार्थ जलेर […]
पलाता अग्नीपिडितका लागि कठायतले गरे २ लाख सहयोग
कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नं १ खाडागाउँ स्थित न्यौपाने बस्तीका अग्निपीडितका लागि दिलबहादुर कठायतले २ लाख सहयोग गरेका छन् । पुस ९ गते राति उक्त बस्तीमा मध्यरातमा भएको आगलागिबाट जलेका ८७ घरका परिवारजनलाई उनले सहयोग गरेका छन् । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ लुसामा जन्मेर व्यवसायको सिलसिलामा चीनमा रहेका दिल बहादुर कठायतले ७० […]











