काठमाडौं, १३ जेठ । पत्रकार कृष्ण सेन ‘इच्छुक’ को आज स्मृति दिबस । सहिद सेनको सम्झनामा आज क्रान्तिकारी पत्रकार संगठन, नेपालले देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल र क्रान्तिकारी पत्रकार महासंघ र अखिल नेपाल जनसाँस्कृति महासंघले संयुक्त आयोजनामा अहिले विहान ७ बजे शान्तिबाटीबाट प्रभातफेरीको आयोजना गर्दैछन् । र्याली सेनको […]
मुख्य समाचार
युवती लफडाले यसरी लियो प्रहरी जवानको ज्यान
काठमाडौं, १३ जेठ । युवतीलाई जिस्काएको विषयले गम्भीर रुप लिँदा पाँचथरमा एक जना प्रहरीको ज्यान गएको छ । इलाम घर भएका प्रहरी जवान मानबहादुर विष्टले शुक्रबार राति आत्महत्या गरेका हुन् । पाँचथर सदरमुकाम फिदिम ८ को तमाखे प्रहरी चौकीमा कार्यरत ३६ वर्षीय विष्टलाई फिदिम ८ की १४ वर्षीय किशोरीलाई जिस्क्याएको आरोप लागेको थियो । शुक्रबार […]
महान सहिद कृष्ण सेन इच्छुकका दुर्इ चर्चित कविता
जेल तिमी पर्खाल बाहिर छौ म पहराभित्र छु, तिमी पहरा बाहिर छौ म यातना–गृहमा छु तिमी खुल्ला शिविरमा छौ शिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक प¥यो र ? मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी जहाँ काट्नु परे पनि त्यो जेल हुन्छ । जहाँ जीवन बन्धनहरुभित्र कैद हुन्छ जहाँ सुन्दर सपना सधैं […]
कृष्ण सेनसँगकाे ती अविस्मरणीय क्षणहरु
स्मरण अर्थात् बितेको कुराको याद गर्नु या सम्झना गर्नु यत्ति हो शब्द स्मरणको अर्थ तर होइन, स्मरणको गहिराइमा पुगेर छाम्यो भने स्मरणको छायाँमा उत्कण्ठा र प्रेरणा, विष्मय र उल्लास, पीडा र गौरव, भावना र विचार छिपेको ठान्छु । कति अजीव छ हैन त स्मरणको परिधि ! हो मलाई कृष्ण सेन ‘इच्छुक’ को स्मरण गर्दा यस्तै […]
को थिए महान सहिद कृष्ण सेन ‘इच्छुक’ ?
१. जीवन वृत्त कृष्ण सेन ‘इच्छुक’ समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका सशक्त कवि हुन् । साहित्यिक व्यक्तित्वबाहेक उनका सांस्कृतिक, राजनीतिक र पत्रकार व्यक्तित्व पनि छन् । महान् उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले कसरी आफूलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराका उनी राम्रा उदाहरण हुन् । पिता यामबहादुर सेन र माता भीमकुमारी सेनको कोखबाट […]
धरहरा क्षेत्रलाई १३ बर्ष देखि व्यवसायिक एकाधिकार जमाएका साइड वाकर प्रा.लिमाथि महानगरको डोजर येसरी चल्यो ( भिडियो सहित )
जेष्ठ ११ , काठमाडौँ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारा स्थित धरहरा क्षेत्रमा रहेको संरचना हटाउन गरेको निर्देशन बमोजिम काठमाडौँ महानगरपालिकाले शनिवार त्येस क्षेत्रमा रहेको ब्यबसाइक पसल टहरा पूर्ण रुपमा भत्काएको छ । प्राधिकरणले बैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्धार शाक्यसहित सरोकारवाला संगको बैठकमा १५ दिन भित्र सो क्षेत्रमा […]
कार्की प्रदेश नं.३ को ट्रेड युनियन काँग्रेसको अध्यक्षमा निर्वाचित
काठमाडौं, १२ जेठ । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं.३ को अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरेका हुन् । यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागाईं, उपाध्यक्ष (महिला) मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष […]
किम जोङसँग वार्ता हुन सक्छः ट्रम्प
काठमाडौ, १२ जेठ । उत्तर कोरियाका नेता किम जोङ उनसँगको वार्ता रद्द गरेको अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बोली फेरेका छन् । बोलीमा ठेगान नभएको नेता भनेर चिनिएका ट्रम्पले फेरि त्यसलाई पुष्टि गर्दै उनसँग वार्ता हुन सक्ने बताए । ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै जुन १२ मै शिखर वार्ता हुन पनि सक्ने बताएका छन् । उनले […]
धरहरा क्षेत्र खाली गर्न महानगरले जारि गर्यो २४ घन्टे अल्टिमेटम
जेष्ठ ११ , काठमाडौँ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारा स्थित धरहरा क्षेत्रमा रहेको संरचना हटाउन गरेको निर्देशन बमोजिम काठमाडौँ महानगरपालिकाले शुक्रबार त्येस क्षेत्रमा रहेको ब्यबसाइक पसल टहरा भत्काएको छ । प्राधिकरणले बैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्धार शाक्यसहित सरोकारवाला संगको बैठकमा १५ दिन भित्र सो क्षेत्रमा रहेका सबै संरचना हटाउन महानगरलाइ निर्देशन दिएको […]
काठमाडौंबाट सुप जाँदै गरेको एसी बसमा भीषण आगजनी, यसरी जल्यो हेर्दाहेर्दै बस (भिडियो हेर्नुहोस)
काठमाडौं, १२ जेठ । डडेल्धुरामा एक गुडिरहेकाे बसमा अागलागी भएकाे छ। उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौँ रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो। शुक्रबार दिउँसो काठमाडौँबाट डडेल्धुराका लागि छुटेको बा ४ ख ८४९२ नम्बरको बसमा शनिबार बिहान करिब […]







