सुर्खेती समाज जापानद्रारा पलाता अग्निपिडितलाई आर्थिक सहयोग

काठमाडाैं । सुर्खेती समाज जापानले कालिकोटको पलाताका अग्निपिडितका लागि ४५ हजार आर्थिक सहयोग गरेको छ । सुर्खेत घर भइ हाल जापान बस्दैआएका भिमप्रसाद न्यौपाने र कृष्ण शाहिको पहलमा समाजका सदस्यहरुबाट संकलित रकम पलाता गाँउपालिका वडा नं. १ खाडागाँउका आगलागी पिडितका लागि सहयोग गरिएको हो ।

भिमप्रसाद न्यौपानेले १० हजार, कृष्ण शाहीले ७ हजार, वसन्त थापा मगरले ६ हजार ५ सय, इन्द्रजित अधिकारी, सुरेन्द्र बिष्ट र गौरीप्रसाद न्यौपाने जनही ५ हजार, दिपेन्द्र कँडेल र मोहनप्रसाद कँडेलले जनही २ हजार, प्रतीक्षा थापा न्यौपानेले २ हजार ५ सय रकम आगलागी पिडितका लागि सहयोग गरेका छन् ।

जापानमा रहेका सुर्खेतबासीहरुबिच भातृत्व बढाउने, नेपालमा घट्ने आपतबिपतका घटनामा सहयोग गर्ने, सामुहिकता एवं सद्भावको भावना बिकास गर्ने उद्देश्यले समाजको स्थापना भएको भिम न्यौपानेले जानकारी दिए । परदेशमा रहेका नेपालीहरुलाई भावनात्मक रुपमा एक बनाउन यस्ता संघ संगठनले प्रोत्साहन गर्ने उनको भनाइ छ ।

जापानमा संकलित रकम काठमाडौमा रहेका कालिकोटका युवा अभियान्तालाई पठाइएको छ । गत पौष ९ गते मध्यराति कालिकोटको खाडामा आगलागी भएपछि सोही दिनबाटै क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्त युके, अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य तिलक उपाध्याय, युवा संघ नेपालका केन्द्रीय सदस्य मेघराज शाही, अनेमसंघका केन्द्रीय सदस्य यसुदा बराल लगायत युवाहरुको अगुवाईमा राहत संकलन अभियान सुरु गरिएको थियो ।

समाजले आफुहरुले प्रदान गरेको रकम बालबालिका र शिक्षाको क्षेत्रमा खर्च गर्न अभियान्तामार्फत गाउँपालिकालाई अनुरोध गरेको छ । पलाता आगलागी पिडितका लागि विभिन्न संघसंस्था र व्यक्तिहरुले राहत तथा सहयोग प्रदान गरिरहेका छन् ।

Loading...