गगनसँग ६४ लाखको हिसाब माग, भिड्ने भए त्रिचन्द्रमा आउन महरको चेतावनी

काठमाडौँ । सरकारले चिकित्सा शिक्षा ऐन जबर्जस्ती पारित गरेर भिडन्तको स्थिति निम्त्याएको अभिव्यक्ति दिएका काँग्रेस नेता गगन थापासँग अखिलका महासचिव ऐन महरले ६४ लाखको हिसाबकिताब माग गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महरले नेपाली थापासँग ६४ लाख रुपैयाँ असुल्नुपर्ने बताएका छन् । १८ वर्ष अगाडि स्ववियु सभापति भएको बेला थापाले त्रिचन्द्र कलेजमा बनाएको एक लाख डलरको बगैँचाको हिसाब–किताबमा ६४ लाख असुल्नुपर्ने बताएका हुन् ।

महरले फेसबुकमा लेखेका छन्, ‘त्यो बेलाको तपाईले बनाएको एक लाख डल्लरको बगैंचाको पनि हिसाब किताब गरौंला जबकी आजको १८ वर्ष अगाडि त्यो गार्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो र १ डलरको भाउ ७५ नेपाली थियो । बाँकी ६४ लाख तपाईं संग असुल्नु पर्ने नै छ ।’ उनले नेता थापालाई अहिलेको त्रिचन्द्र क्याम्पसको अवस्था पनि हेर्न आउन समेत निम्ता दिएका छन् ।

सदनमा मुठभेड नगर्न आग्रह गर्दै महरले हिम्मत भए त्रिचन्द्र क्याम्पसमा आउन पनि चुनौती दिएका छन् । ‘आउनुस् त्रिचन्द्र क्याम्पसमै वा रत्नपार्क भन्नुहुन्छ कि खुलामञ्च त्यतै मुठभेडको अभ्यास गरौँ’ उनले लेखेका छन् ।

उनले अगाडी लेखेका छन्- ‘तपाईलाई अहिले पनि मुठभेड गर्ने चाहना छ र हिम्मत छ भने त्रिचन्द्र क्याम्पसमा स्वागत छ अनेरास्ववियु का कार्यकर्ता र त्रिचन्द्र क्याम्पसका विद्यार्थी तपाइलाई स्वागत गर्न आतुर छन २०५५ सालमा तपाईं स्ववियु सभापती भएको क्याम्पसमा ।’

संसदमा नीति निर्माण गर्न दिनुस्, आउनुस त्रिचन्द्र क्याम्पसमै वा रत्नपार्क भन्नुहुन्छ या खुल्लामञ्च त्यतै मुठ्भेडको अभ्यास गरौं । अनि त्यो बेलाको तपाईले बनाएको एक लाख डल्लरको बगैंचाको पनि हिसाब किताब गरौंला जबकी आजको १८ वर्ष अगाडि त्यो गार्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो र १ डलरको भाउ ७५ नेपाली थियो । बाँकी ६४ लाख तपाईं संग असुल्नु पर्ने नै छ । साथै क्याम्पसको बेरुजु पनि फस्र्यौट गर्नुहोला । त्यो बेला अरु संगठनलाई प्रतिस्पर्धा पनि गर्न नदिने तपाईं अहिलेको त्रिचन्द्र क्याम्पसको अवस्था पनि हेर्नु होला ।

नेपाली जनताको ७० बर्ष भन्दा बढिको संघर्ष र बलिदानी बाट प्राप्त संविधान सभाबाट झण्डै ९०५ भन्दा बढिको बहुमतबाट पारित जनताको संविधानले ब्यबस्था गरिएको जननिर्वाचित संसदको गरिमा कायम गर्नु सबै लोकतान्त्रिक शक्ति र लोकतन्त्रमाथि बिश्वास गर्ने हामी सबैको कर्तब्य हो । संसदमा नीति निर्माण सम्बन्धी बहस छलफल प्रक्रिया गत रुपमा हुनुपर्छ ।

कुनै पनि अवस्थामा संसदमा विधि पद्धती भन्दा बाहिर गएर प्रक्रिया लाई आत्मसाथ नगरिनु लोकतान्त्रिक मान्न सकिँदैन । बाहुबलिको प्रयोग गर्नु मुठभेड सिर्जना गर्नु घोर अलोकतान्त्रिक चिन्तन हो ।

त्रिचन्द्र क्याम्पसका पुर्व स्ववियु सभापती, नेवि संघका पुर्व महामन्त्री माननीय गगन थापाले (जो लोकतन्त्रको गित गाएर थाक्दैनन्) संसदमा मुठ्भेड गर्ने दादागिरी चलाउने भन्नु भएछ । म माननीय गगन थापालाई अनुरोध गर्न चाहन्छु (संसद मुठ्भेड गर्ने थलो होइन । तपाइको नानी देखि को बानी नै हो मुठ्भेड रुचाउने । तपाईलाई अहिले पनि मुठभेड गर्ने चाहना छ र हिम्मत छ भने त्रिचन्द्र क्याम्पसमा स्वागत छ अनेरास्ववियुका कार्यकर्ता र त्रिचन्द्र क्याम्पसका विद्यार्थी तपाइलाई स्वागत गर्न आतुर छन्, २०५५ सालमा तपाईं स्ववियु सभापती भएको क्याम्पसमा ।

संसदमा नीति निर्माण गर्न दिनुस्, आउनुस त्रिचन्द्र क्याम्पसमै वा रत्नपार्क भन्नु हुन्छ या खुल्लामञ्च त्यतै मुठ्भेडको अभ्यास गरौं । अनि त्यो बेलाको तपाईले बनाएको एक लाख डल्लरको बगैंचाको पनि हिसाब किताब गरौंला जबकी आजको १८ बर्ष अगाडि त्यो गार्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो र १ डलरको भाउ ७५ नेपाली थियो । बाँकी ६४ लाख तपाईं संग असुल्नु पर्ने नै छ । साथै क्याम्पसको बेरुजु पनि फस्र्याैट गर्नुहोला । त्यो बेला अरु संगठनलाई प्रतिस्पर्धा पनि गर्न नदिने तपाईं अहिलेको त्रिचन्द्र क्याम्पसको अवस्था पनि हेर्नु होला ।’

यस्तै गगन थापालाई अखिलका नेताले त्यस्तो चेतावनी दिएपछि नेविसंघका कार्यकर्ताहरुले फेसबुक मार्फत नै कडा चेतावनी दिएका छन् । नेबिसंघका नेता नेता ऋषिकेश शाहले महार्लाई लक्षित गर्दै एउटा खुला पत्र लेखेका छन् ।

जसमा भनिएको छ –

“प्रिय मित्र ऐन महर जी

अखिल महासचिब !

बागबजार !

जनतालाई शोषण गरी निश्चित मेडिकल माफ़ियाहरूको हित हुने गरी सरकारले बलजफ्ती पास गर्न खोजेको चिकित्साशास्त्र बिधेयक माथि मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको गंभीर असहमति रहेको देशलाई जानकारी छ।

नेपाली कांग्रेस जनताको उत्थानको लागि जन्मिएको पार्टी हो जनताको पक्षमा लड़छ। यही बिषयमा जारी असहमतिलाई लिएर नेपाली कांग्रेसका लोकप्रिय नेता गगन थापालाई तपाईले व्यक्तिगत रूपले चुनौती दिएको देखेर उदेक लागेको छ। तपाईको अभिव्यक्तिले नेतादेखी कार्यकर्ता समेतमा रहेको दुई तिहाईको दम्भ सदनदेखि सडक हुदै बजारदेखि गाऊँ सम्म छताछुल्ल भएको छ।

दुई तिहाई जनमत देशको समृद्धि र बिकासका लागी प्राप्त भएको थियो तर दुई तिहाई जनमत प्रदान गर्ने तिनै जनतालाई शोषण, लूटपाट,असुरक्षा र डरधम्की दिएर जाने हो भने नेपाली कांग्रेस र यसका कार्यकर्ता चुप लागेर बस्ने अवस्था रहदैन।

लोकतान्त्रिक परिपाटीको सुरक्षा , जनताको हक र हित अनि न्यायका लागी , अन्याय अत्याचार र भ्रस्टाचारका विरुद्ध हामी उभिने छौ । त्रिचन्द्रको कुरा नगरौ त्यो त हाम्रै आगन हो हामी कम्युनिस्टअधिनायकबादका विरुद्ध सबै क्याम्पस, सबै स्कूल र देशका क़ुना कंदरा सबैतिर लडन तयार छौ ।

दुई तिहाईको दम्भ परित्याग गरौ । देशलाई लोकतान्त्रिक संसदिय परिपाटी र बिधान अनुसार संचालन गरौ । यो देशलाई अशान्तिको दलदलबाट निकालेको कांग्रेसले यो देशमा पहिलो पटक मुक्तिसेना गठन गरी राणा शासनको अन्त गरेको थियो स्मरण रहोस ।

त्यस्तै नेविसंघका केन्द्रीय सदस्य अर्का नेता सुमन पाण्डेले अखिलका महासचिव ऐन महरलाई जुध्ने रहर भए आफु तयार रहेको जवाफ फर्काएका छन्। चिकित्सा शिक्षा विधेयक सरकारले बहुमतले पेलेर पारित गरेपछि महरले कांग्रेस सांसद गगन थापालाई मुठभेड गर्न त्रिचन्द्र आउन भनेपछि पाण्डेले सामाजिक सञ्जाल मार्फत नै यस्तो जवाफमा फर्काएका हुन्।

नेविसंघ नेता पाण्डेले जुध्न रहर भए महरले बोलाएकै ठाउँमा गएर लडन आफु तयार रहेको बताएका छन् । उनले फेसबुक वालमा चेतावनी दिँदै लेखका छन्, ‘अझै भिड्ने र जुध्ने रहर पुगेन तपाईंलाई भने सम्झनुस लोकतन्त्र र नेपाली जनमानसमा गर्वहुने गरि म सुमन पाण्डे नेविसंघ केन्द्रीय सदस्य तयार छु तपाईले भनेकै ठाउँमा लड्न। सदवुद्धि र प्रगतिको लागि आशिर्वाद लेर आउनुस्।’

उनले काग्रेस सांसद थापा संसदमा देश कसरी चलाउने बिषयमा छलफलमा रहेको थाहा छ कि छैन भन्दै प्रश्नसमेत गरेका छन् । ‘राष्ट्रिय राजनिती गर्ने हैसियत छैन वा दिन्नन् तपाईंका नेताले भने नेकपा छाड्दिनुस आउनुस लोकतान्त्रिक आन्दोलनमा सँगै हात मिलाउन हामीसँग । त्यति पनि तपाईं तयार हुनुहुन्न भने गगन थापाको नाम जप्न छाडिदिनुस् ,’ पाण्डेलेले लेखेका छन् , ‘ तपाईंको त्रिचन्द्रमा सयौं नेविसंघ छन् लोकतन्त्र र न्यायका पहरेदार तपाईले पशुपतिमा बोकेको बन्दुक र तपाईंले भिमसिहं गुरुङलाई ताकेको गोलि थाप्न तयार। ’

Loading...