सहयात्रीले ‘शिखरको ढुङ्गा’ल्याएपछि प्रचण्डले भने- जनयुद्धमा सामेलहरु हरेक क्षेत्रमा अगाडि हुनुपर्छ

काठमाडौँ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी(ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका योद्धाहरु समाजको सबै तहमा अग्र पंतिमा हुनुपर्नेमा जोड दिएका छन । उनले जनयुद्धमा अब्बल व्यक्तिहरु सामेल रहेको दावी गर्दै उनीहरुले समाजको अगुवाई गर्नुपर्नेमा जोड दिएका हुन् । मंगलवार राजधानीमा जनयुद्धका एक कमान्डर समेत रहेका युवा नेता एवं जनप्रिय लेखक सरल सहयात्रीद्वारा […]

एनजिओ/आइएनजिओमाथि खुकुलो नीति ल्याउन कम्युनिस्ट सरकारको यस्तो छ तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) दर्तामा सरकारी नीति खुकुलो बनाउने तयारी भएको छ। संस्था दर्ता ऐन २०३४, राष्ट्रिय निर्देशन ऐन २०१८, समाज कल्याण ऐन २०४९लाई समायोजन गरी सामाजिक संस्था ऐन २०७५ मार्फत एनजिओ आइएनजीओ दर्ता खुकुलो बनाउन लागेको हो। सरकारले स्थानीय तह, प्रदेश, र संघ गरी तीनै तहमा दर्ता गर्न पाउने गरी […]

न्यायाधिशहरुलाई धमाधम काजमा तान्दै प्रधान न्यायाधिश

काठमाडौं । न्यायपालिकाका विकृति अन्त्य गर्ने प्रतिबद्धता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धमाधम न्यायाधीश काजमा तान्न थालेका छन्। सोमबार उच्च अदालत विराटनगरका थप दुईजना न्यायाधीश काजमा तानिएका छन्। उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे परिषदमा काजमा बोलाइएका हुन्। दुईजनासँगै विराटनगर उच्च अदालतबाट मुख्य न्यायाधीशसहित ८ जना न्यायाधीश कारबाहीस्वरुप न्याय परिषद् तानिएका छन्। साढे ३३ […]

राष्ट्रिय परिचयपत्रमा हुनसक्ने दुरुपयोगमाथि सांसदमै भयो यस्तो बहस

काठमाडौँ, २९ माघ । बहुपयोगी प्रमाणपत्रका रुपमा रहने ‘राष्ट्रिय परिचयपत्र’को हुनसक्ने दुरुपयोग रोक्न कानून निर्माणकै बखत चनाखो बन्न सरकारलाई सुझाव दिइएको छ । संसद्ले राष्ट्रिय परिचयपत्रको प्रयोग ठिक ढङ्गबाट गर्न सकिएन र उपयोग गर्नेबाटै दुरुपयोग हुनसक्ने सम्भावनाका दृष्टिकोणले सरकारले कानून तर्जुमाकै चरणमा विश्लेषण गर्न सल्लाह दिएको हो । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ‘राष्ट्रिय परिचयपत्र […]

बर्दियाको बिघौबिघा जमिनमा तीन प्रदेशकाे दावी परेपछि विवाद बढ्यो

नेपालगञ्ज, २९ माघ । कर्णाली, सुदूरपश्चिम र प्रदेश नं ५ का बीच रहेको बर्दियाको करीब सयौँ बिघा जमीनमा विवाद आएको छ । बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकाबीच जमीनको विवाद छ । बबई नदी वरिपरि बर्दियाको बाँसगढी र पारि सुर्खेतको भेरीगङ्गा नगरपालिका जोडिए पनि नक्शामा भने सुर्खेतको हर्रेडाँडादेखि तलको भूभाग बर्दियामै देखिएको छ । सीमा […]

फागुन १ देखि महिला हिंसाविरुद्ध खेलकुद

पोखरा, २९ माघ । महिला हिंसाविरुद्ध आत्मरक्षा खेलकूद कार्यक्रम आगामी फागुन १ गतेदेखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम सञ्चालन गर्न थालिएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्पोर्टस साइन्स कलेजलगायत संस्थाको आयोजनामा पोखरा रङ्गशालामा हुने सो प्रशिक्षण ६ दिनसम्म चल्ने सोही टोलीका […]

नमूना बन्दै शान्ति शिक्षा मन्दिर, विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक र दिवा खाजा निःशुल्क

काठमाडौ । राजधानीको ठहिटीमा रहेको सामुदायिक विद्यालय शान्ति शिक्षा मन्दिरले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारमा ठूलो फड्को मार्न लागेको छ । आइतबार सरस्वति पुजाका अवसरमा विद्यालयमा एक विशेष समारोहको आयोजना गरी विद्यालयले शैक्षिक र भौतिक पूर्वाधार विकासमा गर्न लागेका विभिन्न सुधारका कार्यक्रमहरुको जानकारी गराएको हो । देशभरको सामुदायिक विद्यालयको पठनपाठन कमजोर बनिरहेको बेला राजधानीको मुटुमै […]

नेविसंघ अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले सोमबार पदबाट राजीनामा दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले महरले सोमबार सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको जानकारी दिए । नेविसंघको […]

दुर्घटनाबाट जोगाउन ट्राफिक प्रहरीले ल्यायो ‘ट्राफिक कम्युनिकेशन एप्स’

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले आजदेखि उक्त एप्स सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा निर्देशनालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले […]

नेपाल टेलिकमले वाग्मती सरसफाइमा लगायो यस्तो जुक्ति

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसरमा वाग्मती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवका अवसरमा सरसफाइ अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अङ्कित १२५ थान वाटरप्रुफ ट्र्याकसुट, ४०० जोर गमबुट, १०० थान फोहर तान्ने सुइरोलगायत सामग्री उपलब्ध गराइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ […]