अखिल क्रान्तिकारीकाे अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित

काठमाडौं, १ चैत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्दीय अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित भएका छन् । दाङमा सम्पन्न २१ अाैं राष्ट्रिय सम्मेलनबाट ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी स‌ंगठनकाे राष्ट्रिय सम्मेलन २७ गतेदेखि सुरु भएकाे थियाे । सम्मेलनले ढकालकाे अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति चयन गरेकाे हाे । केन्द्रीय समितिमा […]

रातारात किशाेर युवती गायब हुन थालेपछि सिन्धुपाल्चोकमा ठूलो सनसनी, ३० किशोरी गायव

सिन्धुपाल्चोक, १ चैत । गत माघ ५ गते बाह्रबिसे नगरपालिका ८ जम्बुपारीकी २१ बर्षीया कमला दाहाल एकाएक माइतबाटै गायब भइन् । दुई दिनसम्म परिवारले व्यापक खोजी गर्यो । कतै नभेटेपछि उनीहरु निराश छन् । कमला हराएको दुइ दिनपछि बाह्रबिसे कर्थलीकी २६ बर्षीया विमला तामाङ पनि त्यसरी नै हराइन् । बाह्रबिसे नगरपालिकामा मात्रै २०७४ साउनदेखि हालसम्म […]

नेपालका हिमालमा धेरै पुराना शव जस्ताको तस्तै भेटिन थालेपछि आरोही त्रसित

काठमाडाैं, १ चैत । दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्। आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता छ। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किँदै खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको […]

उपभोक्तामाथि चरम ठगी, कालोबजारियाहरुलार्इ जिस्काएझै मात्र गर्छ सरकार

काठमाडौं, १ चैत । उपभोक्ताको अधिकार तथा आवश्यकताका बारेमा सरोकारवाला निकायलाई जानिकारी गराउने तथा झकझकाउने उद्देश्यसहित बिहीबार नेपालमा पनि विश्व उपभोक्ता अधिकार दिवस मनाईंदैछ । हरेक वर्ष मार्च १५ का दिन यो दिवस मनाउने गरिएको छ । विशेष गरी उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने […]

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा छनौट, चेल्सी आउट

काठमाडाैं । च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलाेनाले महत्वपूर्ण जित हात पारेकाे छ । यससँगै बार्सिलाेना अन्तिम अाठ अर्थात क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । याे जितमा पनि मेसीले उत्कृष्ट प्रदर्शन गरे । बुधवार भएकाे अन्तिम १६ को दोस्रो लेग अन्तर्गत चेल्सीलाई ३–० ले हराउँदै बार्सिलाेनाले क्वाटरफाइनलकाे यात्रा पक्का गरेकाे हाे । घरेलु मैदानमा भएको खेलमा इंग्लिस […]

गिरफ्तार परेका गुण्डा नाइके गणेश लामाले दिए यस्तो बयान

काठमाडाैं, ३० फागुन । काठमाडौंको गौशालाबाट गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । होटल पशुपति भिजनबाट लामा प्रहरीको फन्दामा परेका हुन् । होटलमा गोली चलेको सूचनाका आधारमा पुगेको प्रहरीले लामालाई समातेको हो । उनको साथ् बाट एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे । पेस्तोलसँगै […]

अलविदा हकिङ ! महान वैज्ञानिक स्टेफन हकिङको निधन

काठमाडाैं, ३० फागुन । विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे छ । अमेरिकाकाे क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको बताइएकाे छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् । विज्ञप्तीमा मृत्युकाे कारण भने खुलाइएकाे छैन । हकिङका तीन जना छोराछोरी लुसी, रोबर्ट र टिमले आफ्ना प्यारा पिताको निधनले मर्माहत भएको विज्ञप्तिमा […]

अन्तराष्ट्रिय विमानस्थलभित्रै जहाज दुर्घटनाले उब्जाएका गम्भीर प्रश्नहरु

काठमाडाैं, ३० फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नेपालकाे एकमात्र अन्तराष्ट्रिय विमानस्थल हाे । याे विमानस्थलकाे व्यवस्थापनका बारेमा पटक पटक धेरै टिप्पणीहरु हुने गरेका छन् । साेमवार भएकाे युएस बाङ्ग्ला एयरकाे जहाज दुर्घटनापछि अझ बढी प्रश्न र टिप्पणीहरु भएका छन् । अहिलेसम्म उक्त दुर्घटनामा परी ५१ जनाकाे मृत्यु भइसकेकाे छ । यसअघि पनि विमानस्थल भित्रै र […]

प्रदेश बोतलको बीचको भागजस्तो भयो, न अधिकार छ न बजेट

काठमाडौं, ३० फागुन । दाङका डिल्लीबहादुर चौधरी यसअघि दुईपटक सांसद भइसके । सांसदको भूमिका के हुन्छ भन्ने उनलाई राम्रै अनुभव छ । संविधानसभाका सभासद हुँदा उनले स्थानीयको मागअनुसार विकास बजेटसमेत जुटाए । यसपटक उनी प्रदेश सांसद छन् । तर खिन्न छन् । ‘केन्द्रले कानुन बनाउने, स्थानीय तहले विकास गर्ने अनि हामी प्रदेशका सांसदले के गर्ने […]

बोक्सीको आरोपमा छात्रामाथि बर्बर यातना दिँइदा रमिता बन्ने मेयर ममताप्रसादको यस्तोसम्म मनोमानी

कैलाली, ३० फागुन । कैलालीकाे घाेडाघाेडी नगरपालिका प्रमुख ममताप्रसाद चाैधरी अहिले उपचारमा छन् । अज्ञात समूहले गाेली प्रहार गरेर घाइते बनाइएका चाैधरी अहिले काठमाडाैंमा उपचा गराइरहेका छन् । गाेली प्रहार गरिएका कारण उनीमाथि केही सहानुभूती जागे पनि उनले मेयर भएर गरेका कामका बारेमा भने अहिले पनि कैलालीमा चर्काे अालाेचना हुने गरेकाे छ । केही दिन […]