काठमाडौ, १४ चैत । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर व्यापक दमन गरेको छ । सरकारले सो पार्टीका स्थायी समिति सदस्य सहित सर्यौ नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रहरीले अहिलेसम्म देशभरबाट नेकपाका १८४ जना कार्यकर्ता गिरफ्तार गरेको दावी गरेको छ । प्रहरीले ४४ जिल्लाबाट विप्लवका १ सय ८४ नेता–कार्यकर्ता पक्राउ […]
मुख्य समाचार
बुटवलको मैनाबगरमा गोली चल्यो, गोली लागेर एकको मृत्यु
बुटवल, १३ चैत । बुटवलको मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मैनाबगरको ज्योती इन्जिनियरिङ वर्कसपमा काम गर्ने अन्दाजी ४० वर्षका फिरोज खान रहेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । वर्कसपमा काम सकेर डेरामा जाँदै गर्दा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । कसले किन गोली […]
सप्तरीमा गोली चल्यो, ११ पक्राउ
सप्तरी । भूमिहीनहरूलाई बसोबास गराउने भन्दै सप्तरीको कञ्चनपुरमा भेला भएका नेसनश मंगोल अर्गनाइजेसनका कार्यकर्ता र प्रहरीबीच बुधबार झडप भएको छ। भीड नियन्त्रण गर्ने क्रममा सप्तरी प्रहरीले १० राउन्ड अश्रुग्यास र लाठी चार्जसमेत गरेको छ। कञ्चनपुर नगरपालिका–१ स्थित कोसीटप्पुको मध्यवर्ती क्षेत्रमा अर्गनाइजेसनका १ नम्बर प्रदेश इञ्चार्ज शक्ति चाम्लिङ राईको नेतृत्वमा आएका झन्डै चार सय मानिसलाई लखेट्ने क्रममा […]
१६ गते घोषणा गरिएको बन्द विप्लवले लिए फिर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले यहि चैत्र १६ गतेका लागि आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ । सरकारी प्रतिबन्ध र दमनका बिरुद्ध नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । नेकपा महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीमाथिको प्रतिबन्ध हटाउन ओली सरकारलाई चैत मसान्तसम्मकाे अल्टिमेटम समेत दिएका थिए । चरणबद्ध संघर्षका कार्यक्रम अनुसार […]
प्रचण्डमाला बनाएर महेन्द्रमाला विस्थापित गर्छु भन्ने क्रान्तिकारीहरुलाई
भारतको गुजरातका एक वकिल अदालतमा बहस गरिरहेका थिए । त्यही समय गाउँमा उनकी पत्नी सिकिस्त विरामी रहेको खबर आयो । स्याहारसुसारका लागि गाउँ गए । केही समयपछि उनले लडिरहेको एउटा मुद्दाको बहस गर्ने समय आयो । एकातिर गाउँमा सिकिस्त पत्नी अर्कोतिर एउटा निर्दोष व्यक्तिलाई बिनाकारण सजाय हुनबाट जोगाउनु पर्ने थियो । बिचरा वकिल के गर्ने, […]
१० हजार शिक्षकलाई विदा दिन सरकारले ५ सय २५ करोड रकम छुट्यायो
काठमाडाैं । स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा अनुतीर्ण भएका करिब १० हजार अस्थायी शिक्षकलाई सरकारले विदाइ गर्ने भएकाे छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले लिखित परीक्षामा असफल भएका शिक्षकलाई उपदानसहित विदाई गर्ने तयारी अघि बढाइएको जानकारी दिएका छन् । करिव १० हजार शिक्षक विदाइ गर्नका लागि सरकारले पाँच अर्ब […]
भलिबलले लियो ज्यान, बोहरा दाजुभाइ पक्राउ
बझाङ, १२ चैत । भलिबल खेल्ने क्रममा बिवाद भएपछि कुटेर बालकको हत्या गरेको अभियोगमा २ युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा सुर्मा गाउँपालिका-५ स्थित सौनगाउँ बस्ने १८ वर्षीय जिवन बोहरा र १८ वर्षीय रनु बोहरा रहेका छन । भलिबल खेल्ने क्रममा आइतबार दिउसो बिवाद हुँदा उनीहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउ बस्ने […]
सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन वरिष्ठ : नेता नेपाल
चितवन, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताएका छन । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट समस्याको समाधान हुने बताए । उनले भने “लगानी सम्मेलनको तयारी […]
सार्वजनिक यातायातको मनलाग्दी विरुद्ध यात्रुहरु यसरी उत्रदै
काठमाडौँ, १२ चैत । केही यातायात व्यवसायीले आफूखुशी सार्वजनिक यातायातको भाडा लिने गरेको तर सरोकारवाला सरकारी निकायले अनुगमन नगरेको भन्दै यात्रु स्वयं कारवाहीमा उत्रन थालेका छन् । राजधानीमा सञ्चालित बाबा गोकर्णेश्वर, सिटी यातायात र सुन्दरीमाई यातायात कम्पनीमा दर्ता भएका सार्वजनिक यातायातका परिचालकले यातायात व्यवस्था विभागले गत असोज ७ गते तोकेभन्दा बढी भाडा लिन थालेका थिए […]
एकाबिहानै काठमाडौंको चोभार नजिक यात्रु बस दुर्घटना, ३५ घाइते
काठमाडौं, १२ चैत । एकाबिहानै राजधानी काठमाडौमै यात्रु बस दुर्घटनामा परेको छ । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो । मंगलबार बिहान ६ः३० बजे चोभार नजिकै चाल्नाखेलमा बस दुर्घटना हुँदा बसमा सवार ३५ जना यात्रु घाइते भएका छन्् । ना ३ ख १४४४ नम्बरको यात्रुबसमा सवार घाइते मध्ये ३ को अवस्था गम्भीर […]











