यसरी बाहिरिएको थियो प्रदेश २ मा एसईईको प्रश्नपत्र

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको कान्तिपुरमा जनकराज सापकोटा र सुदिप कैनीले खबर लेखेका छन । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान […]

सरकारकै मानो खाएर सरकारी जग्गामा आखाँ लगाउनेहरुबाट सकसमा पर्यो हायात होटल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक लगानीकर्ताहरुलाई उत्साही बनाइरहेको बेला स्वदेशी लगानीकर्ताहरु भने पीडामा बाँच्नु परेको छ । आजभन्दा २८ वर्ष अगाडि तारागाउँ विकास समितिसँग सम्झौता गरेर सञ्चालनमा आएको तारागाउँ रिजेन्सी होटललाई समितिकै कर्मचारीले दुःख दिएका छन् । २८ वर्ष अगाडि तारागाउँ विकास समिति र होटलबीच ३०४ रोपनी जग्गामध्ये १५० रोपनी १० लाखका दरले […]

डढेलोमा परी २७ अग्नि नियन्त्रकसहित ३० को मृत्यु

एजेन्सी । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउसोसम्म सम्पर्कमा नआएका बताइएको छ । अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालिन […]

गगन थापा किन अमेरिका पढ्न थाले, कसले व्यहोर्दैछ उनको सबै खर्च ?

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा अहिले अमेरिकामा छन् । तर उनी अहिले अमेरिकामा कुनै राजनीतिक प्रयोजनले हाेइन, पढ्न गएका हुन् । राजनीतिमा छिटोछिटो प्रगति हासिल गरेका र मन्त्री भइसकेका सांसद थापा यतिबेला अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हावर्ड केनेडी स्कूलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीका लागि विश्वव्यापी नेतृत्त्व र सार्वजनिक प्रशासन’ […]

अरूलाई कारिन्दा बनाउन खोज्ने प्रवृतिको कब्जामा प्रलेस

अहिले ‘प्रलेस’ अर्थात् ‘प्रगतिशील लेखक सङ्गठन’ को राष्ट्रिय सम्मेलन विशेष चर्चाको विषय बनेको छ । यही चैत २२/२३ मा हुन लागेको सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भनेर पनि समाचार आएको छ । ‘प्रलेस’ कहिले स्थापना भयो, विगतको यसको इतिहास कस्तो रह्यो र पछिल्लो कार्य समितिमा कुनकुन पार्टीका सङ्घसंस्थाहरू तथा को-को ‘स्वतन्त्र’ व्यक्तिहरू रहेका छन् […]

धुर्मुस र रवि लामिछाने फिल्डमै पुगेर पीडितलाई राहत वितरण गर्दै

काठमाडौं । कलाकारिता र पत्रकारिताबाट निकै चर्चा कमाएका सिताराम कट्टेल धुर्मुस र रवि लामिछाने बारा र पर्साका हावाहुरीबाट पीडितलाइृ राहत वितरण कार्यमा सक्रिय भएका छन् । बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल र पत्रकार रवी लामिछानेले टोली नै लिएर राहत वितरण गर्न थालेका हुन् । २७ जनाकाे ज्यान […]

सुन ल्याउने चिनियाँ र एटिएम फोर्ने नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले चीनको स्ट्रङ्गको उडानबाट कुनमिङबाट काठमाडौँ आउँदै गरेका चिनियाँ नागरिक वाङ किजिकाङलाई शनिबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले अवैध रुपमा सुनको लकेट बोकेर आएको अवस्थामा उनलाई […]

बजेट तयारीका लागि गोप्य छलफल गर्दै सरकार

खस्यौली, १८ चैत । अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेट कस्तो बनाउने विषयमा छलफल शुरु भएको बताएका छन् । रुपन्देहीको देवदह नगरपालिका–७ स्थित शीतलनगरमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसको एघारौँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उनले बजेट निर्माणका लागि भैरहवा आएको र बजेटसँग सरोकार राख्ने निकायसँग छलफल गर्न लागिएको जानकारी दिए । “म खासमा बजेट निर्माणका […]

दुई मिनेटको हावाहुरीले तराईमा ढले २ हजार पोल

काठमाडौं, १८ चैत । आइतबार साँझ २ मिनेट आएको भयानक हावाहुरीले सबैभन्दा ठूलो क्षति बारा जिल्लामा पु¥याएको छ । हावाहुरीले बारामा मात्र २७ जनाको ज्यान गएको छ । हावाहुरीका कारण तराईका विभिन्न जिल्लामा गरी २ हजार विद्युतका पोल ढलेका छन् । नेपाल विद्युत प्राधिकरणले कलैया वितरण केन्द्र अन्तर्गत मात्रै एक हजारदेखि १५ सयसम्म विद्युतका पोल […]

हावाहुरीबाट मृत्यु हुनेका परिवारलाई जनही ३ लाख दिने प्रदेश सरकारको घोषणा

काठमाडाैं, १८ चैत । हावाहुरीका कारण ज्यान गुमाएकाका परिवारलाई प्रदेश नम्बर २ सरकारले रातहस्वरूप तत्काल जनही तीन लाख रुपैयाँ दिने घाेषणा गरेको छ। सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को आपतकालीन बैठकले उक्त निर्णय गरेको हो। प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च पनि प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि पहल गर्ने निर्णय भएकाे छ। […]