काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स […]
मुख्य समाचार
चुनावको तीन महिनाअघि नै नेपाली सेनालाई फिल्डमा खटाउने तयारी
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन महिनाअघिदेखि नै सेनालाई फिल्डमा खटाउन सिफारिस गरिएको छ । कात्तिक ३० मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले तीन महिनाअघिदेखि नै सेनाले निर्वाचन केन्द्रित पट्रोलिङ गर्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार रक्षा मन्त्रालयमा पत्राचार गरिएको थियो । केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार राष्ट्रिय सुरक्षा […]
जेनजी युवाले नेकपालाई अभिभावक ठानेका छन् : प्रचण्ड
काठमाडौं । नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिन थालेको दाबी गरेका छन्। जेनजी आन्दोलनको सुरुदेखि समर्थन गरेको कारण युवाहरू नेकपातर्फ आकर्षित भएको उनले बताए। अखिल नेपाल ट्रेड युनियन महासंघका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि युवालाई केन्द्रमा राखिएको बताए। उनका अनुसार जेनजी आन्दोलनपछिको […]
जनकपुरमा राम–जानकी विवाह पञ्चमी मनाइँदै, मधेस प्रदेशमा आज सार्वजनिक बिदा
जनकपुरधाम । त्रेता युगमा भगवान श्रीराम र माता सीताको विवाहको स्मरणमा मनाइने राम–जानकी विवाह पञ्चमी जनकपुरधाममा भव्य रूपमा मनाइँदैछ । एक साता अघिदेखि नै विवाह पञ्चमीको तयारी सुरु हुन्छ । मन्दिर प्राङ्गण, सडक र रंगभूमि मैदान विभिन्न सांस्कृतिक झाँकी, फूल, दीप, झिलिमिली सजावट र धार्मिक सामग्रीले सजाइन्छ । आज हुने विवाहका लागि जानकी मन्दिरको विशाल […]
सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ९४ रनमा अलआउट
काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको डे–नाइट वेस्टर्न डर्बी म्याचमा सुदुरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको हो । १४० रनको लक्ष्य पछ्याएको कर्णाली […]
जनकपुरमा विवाहपञ्चमी महोत्सव – आज जानकीको टकोर, भोलि विवाह
जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर मनाइँदै छ । आज दिउँसो जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए । बाजागाजा सहितको शोभायात्रासहित गंगासागरमा पुगेर मिथिली परम्परा अनुसार मटकोर गरिन्छ । मटकोरमा सीताको प्रतीक मानिने बालिकामार्फत […]
बसपार्कमा युवती मृत भेटिएको घटनामा एक युवक पक्राउ
काठमाडौं । काठमाडौंको बसपार्कमा तन्नामा पोको पारिएको अवस्थामा मृत फेला परेकी युवतिको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ। यस विषयमा सोमबार दिउँसो २ बजेतिर प्रहरी परिसरले पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ। शनिबार बिहान मृत फेला परेकी युवतीको पहिचान खुलेको […]
जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको तथा सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमात्रको गढिएर रहेको भन्दै बहिस्कार गर्न माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता […]
प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदै जेनजी समूह
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारहरुलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउँदै छन् । द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो । श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार […]
लगातार वर्षापछि भियतनाममा बाढीपहिरो, कम्तिमा ९० जनाको मृत्यु
काठमाडौं । भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट […]










