सुदर्शनलाई गिरफ्तार गरेर विप्लवलाई वार्ता अफर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेकपासँग सरकार वार्ता गर्न तयार रहेको बताएका छन्। शनिबार नेकपापा स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज समेत रहेका विप्लव पछिका चाैथाे नम्बरका नेता हेमन्त प्रकाश वली ‘सुर्दशन’लाई गिरफ्तार गरेकै दिन ओली-प्रचण्ड पार्टीका प्रवक्ता श्रेष्ठले वार्तामा बस्न विप्लव नेतृत्वको […]

काभ्रेबाट पक्राउ परेका नेता सुदर्शनलाई प्रहरीले ललितपुरको थेचु पुर्‍यायो, जबर्जस्ती हतियार भिडाउने योजना

काठमाडौं । काभ्रेबाट गिरफ्तार परेका नेकपा कम्युनिष्ट पार्टीका प्रभावशाली नेता सुदर्शनलाई प्रहरीले काठमाडौं ल्याउनुको साटो ललितपुरको बिकट गाउँपालिका थेचु पुर्‍याएको छ । नेता सुदर्शन हतियारसहित समातिएको दावी गर्न उनलाई प्रहरीले ललितपुरको थेचु पुर्याएको र त्यहाँ जबर्जस्ती हतियार भिडाउन खोजिएको भन्दै परिवारजनले चिन्ता व्यक्त गरेका छन् । सुदर्शन सवार ‘गाडीमा एक वटा पेस्तेल र बिस्फोटक पदार्थ […]

नेता गिरफ्तार परेकै दिन नेकपाले गर्यो अजय सुमार्गीको जग्गा कब्जा

पोखरा, ९ चैत । स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन पक्राउ परेकै दिन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विवादित व्यापारी अजयराम सुमार्गीको जग्गा कब्जा गरेको घोषणा गरेको छ । पार्टीले पोखरा महानगरपालिका शिशुवामा रहेको सुमार्गीको नामको २५ रोपनी जग्गा कब्जा गरेको हो । सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लि. […]

मल्लको उपचारका लागि १ महिनाको पारिश्रमिक-भत्ता सहयोग गर्ने सेजुवालको घोषणा

काठमाडौं । कालिकोटको पचाल झरण गाँउपालिकाका अध्यक्ष खडकराज सेजुवालले दुबै मृगौला फेल भएर अस्पताल भर्ना भएका जाजरकोटका युवा कालीबहादुर मल्लको उपचार सहयोगका लागि आफ्नो एक महिनाको तलब र भत्ता सबै दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भावुक स्टाटस लेख्दै सेजुवालले जनयुद्धकालीन योध्दा दुबै मृगौलालाले काम नगरि छट्पटिरहेको खबरले असाध्यै पीडाबोध भएर सहयोगको […]

काभ्रेमा गएराति समातिएका विप्लवका बलिया खम्बा सुदर्शनलाई काठमाडौं ल्याइदै

काठमाडौं, ९ फागुन । काभ्रेको खानिखोलामा गएराति गिरफ्तार परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीलाई काभ्रेबाट काठमाडौं ल्याउने जनाएको छ । प्रहरी स्रोतले नेता सुदर्शनसहित उनीसँग गिरफ्तार भएका अरु ८ जनालाई पनि काठमाडौं ल्याउने तयारी भएको छ । नेता सुदर्शनलाई गएराति काभ्रेको खानीखोला गाँउपालिका–७ मा पर्ने मिल्चेबाट प्रहरीले पक्राउ […]

सरकारका एक अधिकृतको वार्षिक कमाइ ५१ लाख

काठमाडाैं, ८ चैत । सरकारी सेवामा कार्यरत शाखा अधिकृत(छैटौं तह)को मासिक तलबस्केल करिब ३१ हजार पाँच सय छ। तर भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत(छैटौं तह) मानप्रसाद विकले भने वार्षिक ५१ लाखभन्दा बढी कमाउँछन्। २२ असोज २०६६ मा लोक नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको पदमा नियुक्त भएका विकले अहिलेसम्म तीन करोड १० लाख ३४ हजार […]

नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली गिरफ्तार

काठमाडौं, ९ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको दावी गरेको छ । काभ्रेको खानीखोला गाँउपालिका–७  मा पर्ने मिल्चेबाट उनीहरुलाई समातेको प्रहरी स्रोतले जनाएको छ । काठमाडौंबाट गएको प्रहरीको विशेष टोलीले गएराती नै डाँडागाउँमा घेरा हालेर उनलाई समातेको बुझिएको छ । प्रहरीले नेता सुदर्शनसहित ८ […]

अब सडक बिस्तार गर्दा नागरिकको निजी सम्पत्तिलाई पहिले मुआब्जा दिनुपर्ने

काठमाडाैं । सर्बोच्च अदालतले गैरन्यायिक सडक बिस्तारका सम्बन्धमा नेपाल सराकरले गरेकाे पुनरावलोकनको निवेदन खारेज गरेको छ । सर्वोच्चले यसअघि काठमाडाैंका सडक विस्तार परियाेजनाका पीडितका सम्बन्धमा पूर्ण इजालसबाट गरेको फैसलालाइ सरकारले पुनरावलाेकन गर्न माग गरेकाे थियाे ।  सरकारकाे पुनराबलाेकन मागलाइ सर्वाेच्चकाे पूर्ण इजलासले खारेज गरेकाे हाे । बिहीबार न्यायाधिश मिरा खड्का, विश्वभर प्रसाद श्रेष्ठ,अनिल कुमार सिन्हा, […]

पालुङटारमा कुकुर र चितुवाबीच घमासान लडाइँ अन्ततः दुबैको मृत्यु

गोरखा, ७ चैत । पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ । आज कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्युु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए । “बाख्रा फार्ममा आहारा खोज्दै पुगेको चितुवालाई कुकुरको समूहले लखेट्दै जङ्गलमा लगेर मारेको रहेछ”, उनले भने, “चितुवा र एउटा कुुकुर मृत […]

अपहरण गरी ९ लाख लिएर फरार भएका व्यक्ति ६ वर्षपछि पक्राउ

बाँके, ७ चैत । प्रहरीले अपहरणमा संलग्न अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । जानकी गाउँपालिका–३ इन्द्रपुरका ५० वर्षीय निजामुद्दिन साईलाई पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–९ का २२ वर्षीय मुन्नु अन्सारीलाई अपहरण गरी साई रु नौ लाख फिरौती लिएर फरार रहेका थिए । मुन्नु भने अझै बेपत्ता छन् । साईलाई बाँके जिल्ला अदालतले नौ […]