काठमाडौँ, २७ साउन । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ ।समितिको आजको बैठकले उक्त विधेयमाथिको सांसदले दिएका सुझावलाई समेटेर परिमार्जन गरी ल्याउन गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएको छ । समितिका सभापति शशी श्रेष्ठले बैठकको अन्त्यमा विधेयकमाथिको दफावार छलफल सकिएकाले विधेयकको प्रतिवेदनमाथि सांसदले राख्नुभएको […]
मुख्य समाचार
व्यवसाय गर्दै हुनुहुन्छ ? थाहा पाउनुस भ्याटमा दर्ता हुनुपर्ने र नपर्ने व्यवसायहरु
काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत व्यवसायीलाई यसको दायराभित्र ल्याउन भ्याट ऐन ल्याएको छ ।भ्याट ऐन लागू हुने भएपछि व्यवसायी एवं उपभोक्ताले अन्य सबै प्रकारका अप्रत्यक्ष करबाट मुक्ति पाएका छन्। भ्याट नलाग्ने भ्याट ऐनले दर्ता हुनुपर्ने व्यवसायलाई विभिन्न भागमा विभाजन गरेको छ। नेपालमा भ्याटमा दर्ता हुनुनपर्ने व्यवसाय पनि छन्। ती व्यवसाय विशेषगरी कृषि […]
पेट्रोल पम्पमा सिलबन्दी
वीरगञ्ज, २७ साउन । पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्रोलीयम पदार्थ विक्री गर्दै आएको हेटौँडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो । सो फ्युल सेन्टरलाई आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा […]
अख्तियार प्रमुखका नाममा २ पृष्ठ लामो सुसाइड नोट लेख्दै नासुले गरे आत्महत्या
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखका नाममा दुई पानाको ‘सुसाइड नोट’ लेख्दै एक कर्मचारीले आत्महत्या गरेका छन्। अख्तियार प्रमुखलाइ सुसाइड नाेट लेख्ने एक पूर्व नायब सुब्बा हुन् । उनले सुसाइड नाेटमा अाफू भ्रष्टाचारी नभएकाे दावी गरेका छन् ।यसरी अात्महत्या गर्ने त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्व नासु हरिप्रसाद आचार्य हुन् । उनले आयोगका […]
‘बृहत् वृक्षरोपण कार्यक्रम’ हरियालि अभियान शुरु
नेपालगञ्ज, २७ साउन । नेपालगञ्जमा पछिल्लो समय विकास निर्माणको संरचना विस्तार गर्ने क्रममा यहाँका ठूलाठूला रूख बिरुवाहरु मासिए ।मुलुकको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचय बनाएको नेपालगञ्जमा सडक कालोपत्र, पक्की नाला, डम्पिङ साइट लगायतका भौतिक पूर्वाधार निर्माणका क्रममा यहाँका रूखबिरुवा मासिए पछि तापक्रम अझ बढ्न गयो । यही कुराको ज्ञान भएरै होला अहिले नेपालगञ्जको […]
धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ: मुख्यमन्त्री पौडेल
हेटौँडा, २७ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान गर्ने बताए । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद इदुल जोहा का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले सभ्यता, संस्कृति र कलामा सयौँ वर्षअगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको तथा यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र […]
स्नातकोत्तर गरेर गोठालो बनेकी शारदाको यस्तो सफलता
२७ साउन, बाँके । डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बनेकी छन् । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ । छोराले […]
घुस रकमसहित वन अधिकृत पक्राउ
डोटी, २७ साउन । रु तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट घुस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डिसीलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको […]
अनाधिकृत रुपमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा
काठमाडौँ, २७ साउन । ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४÷०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारवाही गरेको थियो । महाशाखाले उपत्यकाको पुतलीसडक, […]
गाउँगाउँमा सुरु भयो ‘एक घर, एक रोजगार’ कार्यक्रम
वीरेन्द्रनगर, २७ साउन । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो । “कामका लागि विदेशमा जाने […]











