८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज नगर्ने स्पष्ट पारेका छन् । सरकारलाई असफल बनाउन ट्रेड युनियन खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाइएको दाबी गर्दै ओलीले भ्रममा नपर्न सबैसँग आग्रह गरे । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्न बालुवाटार पुगेका आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा ओलीले […]
मुख्य समाचार
छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी, दुबैलाइ खोज्दै प्रहरी
काठमाडाैं, ८ साउन । बहुविवाह मुद्दामा चलचित्र निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडाैंले उनीहरुलाइ खाेजि गरिरहेकाे जनाएकाे छ । ओझाकी पहिलाे श्रीमती हेमा ओझाले उनीहरु दुबै जना विरुद्ध केही दिन अघि बहुविवाह मुद्दा दायर गरेकी थिइन । मुद्दा दायर भएपछि जिल्ला अदालत, काठमाडौंले दुई […]
बाढीमा युवक बेपत्ता
सप्तरी, ८ साउन । सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर आज सोही ठाउँका मो सलामतका छोरा ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न खोज्दा पानीको भेलले बगाएर लगेको प्रत्यक्षदर्शीले बताएको रुपनीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । दुई दिनदेखिको वर्षाले खाँडो खोलामा बाढी आएको र बाढीसँगै बगाएर […]
विदेशिएका युवालाई स्वदेशमै फर्काउने उद्देश्य बोकी कृषि पेशामा ‘अब्बल’ किसान
बाँके, ८ साउन । खजुरा गाउँपालिका–३ का तुलबहादुर कँडेल ठूलो लगानी गरेर कृषि पेशालाई व्यावसायिक रुपमा अँगाल्ने कृषक हुन् । नेपालगञ्जको बसाइ छाडेर खजुरामा बाख्रापालन व्यवसायबाट कृषि क्रान्ति गर्ने र विदेशिएका युवालाई स्वदेशमै फर्काउने उद्देश्य बोकी कँडेलले हिलपार्क कृषि तथा पशुपालन फार्म सञ्चालन गरिरहेका छन् । तुलबहादुरको फार्ममा अहिले दिनहुँजसो आगन्तुक पाहुना आएर ज्ञान र […]
मोफसलमा अनलाइन प्रणाली प्रभावकारी भएन
खस्यौली, ८ साउन । पूँजी बजारका लागि अनलाइन प्रणाली फलदायी हुने विश्वास गरिए पनि मोफसलमा भने यसको प्रभावकारिता देखिएको छैन । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा शुरुआती चरणमा केही लगानीकर्ताको अनलाइनमा अभ्यास भए पनि अधिकांश लगानीकर्ता जानकार नभएको यहाँको दलाल ब्रोकर कार्यालयले जनाएको छ । अनलाइन सेवा लिने धेरै लगानीकर्ता छन् तर प्रयोगमा […]
एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने
काठमाडौँ, ८ साउन । थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् । यही साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट तीन खेलाडीलाई सहभागिता गराउने निर्णय गरिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घले जनाएको छ । नेपालमा नै सम्पन्न भएको १२औँ […]
करेन्ट लागेर एकको मृत्यु
विदुर, ८ साउन । करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय कृष्ण भुजेल रहेका छन् । आफ्नो फार्ममा कुखुरालाई दाना दिने क्रममा त्यहाँ रहेको बिजुलीको तारमा करेन्ट लागेर गम्भीर घाईते भएका भुजेललाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउँदै गर्दा बाटोमा नै मृत्यु […]
मन्त्री थममाया थापाद्वारा सर्लाहीमा बाढीपिडितको अवलोकन तथा राहत वितरण
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री थममाया थापाले बाढी तथा डुवान पीडितहरुको लागि राहत्त सामाग्री बितरण गरेकी छ्न । थापाले हरिवन- ४ सासापुरमा राहत्त सामाग्री बितरण गरेकी हुन् । बुधबार मोहतरी हुँदै सर्लाही र रौतहटको विभिन्न बाढी तथा डुवान पिडितहरुको अवस्था अनुगमण गर्न आएकी मन्त्री थापाले ससापुरमा राहत वितरण गर्दै प्राकृतिक प्रकोपको पीडाबाट […]
प्रचण्डलाई कहाँबाट आयो पार्टी एकता भाँडे प्रधानमन्त्री बनाइदिने अफर ?
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकता भाँडे आफूलाई प्रधानमन्त्री बनाइदिने अफर आएको खुलासा गरेका छन् । भारतीय खुफिया एजेन्सी रअसँग गोप्य वार्ता भएको तेस्रो दिन प्रचण्डले यस्तो अफर आएको खुलासा गरेका हुन् । तर, प्रस्ताव कहाँबाट आयो त्यो भने उनले खुलाएनन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको […]
इन्टरनेटको मूल्य वृद्धि फिर्ता हुने
काठमाडौँ । इन्टरनेट महशुलमा भएको मूल्यवृद्धि फिर्ता भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले इन्टरनेट सेवा प्रदायकहरूको मागअनुसार दूरसञ्चार नियमावली संशोधन गरेकाले मूल्यवृद्धि फिर्ता हुने भएको हो । नियमावलीमा भएको मर्मत सम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै मन्त्रिपरिषद्ले इन्टरनेट शुल्कको ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लिन पाइने व्यवस्था गरेको हो । राजपत्रमा सूचना प्रकाशित […]











