प्रा.विजयकान्त कर्ण डेनमार्कका लागि पूर्व नेपाली राजदुत हुनुहुन्छ । मधेश मामिलामा गहिरो अध्ययन गर्नुभएका कर्ण नेपाली राजनीतिमा आलोचनात्मक विश्लेषकका रुपमा पनि चिनिुभएको छ । उहाँसँग ननस्टपखबरको डेस्कले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । चीनका राष्ट्रपतिको भ्रमणबाट नेपालको परराष्ट्र सम्बन्ध बलियो भएको भन्ने चर्चा चलेको छ । त्रिदेशीय सम्बन्धका कुरा पनि उठेका छन् । तपाईले […]
मुख्य समाचार
लुम्बिनीसँग जोड्ने सैनामैना नगरपालिकाको योजना
बुटवल, ३ कात्तिक । महामानव गौतमबुद्धको जीवनसँग सम्बन्धित सैनामैनामा रहेका पुरातात्विक स्थलहरुको संरक्षण गर्न र ती स्थललाई विश्वसामु उजिल्याउन सैनामैना नगरपालिकाले विभिन्न आयोजनाहरु अघि बढाएको छ । सैनामैना क्षेत्रमा बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलहरु छरिएर रहेका छन् । तिनको संरक्षण र प्रवद्र्धन गरेर सैनामैना नगर क्षेत्रलाई लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले चाहेको छ । बुद्ध जन्मस्थल […]
प्रहरीबाट फरार भनिएका नेकपा सांसद पार्वत गुरुङ आफै पुगे अदालत
काठमाडौं । ज्यान मार्ने उद्योगको मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले खोजि गरेका सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङ आफै अदालतमा पुगेका छन् । अदालतबाट पक्राउ गर्ने अनुमति मागेर सांसद गुरुङलाई प्रहरीले खोजि गरिरहेको जनाएको थियो । आफ्नो नाउमा पक्राउ पुर्जी जारी भएको र प्रहरीले खोजि गरेको थाहा पाएपछि सांसद गुरुङ केही दिन पर्खेर आज […]
युएनएफपीए कार्यकारी निर्देशक नेपाल भ्रमणमा
काठमाडौँ, ३ कात्तिक । संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोष युएनएफपीए का कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आइपुगेका छन । सन् २०१७ मा युएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त भएका डा कनेम पहिलोपटक नेपाल भ्रमणमा आएका हुन । उनका साथमा एशिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन […]
अठारौँ नाम सम्मेलनमा प्रधानमन्त्री सहभागी हुँदै
काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन नाम राष्ट्रहरुका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने भएका छन। प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य छिन। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र […]
म धुरुधुरु रुन्छु
म जहाँ जान्छु लावालस्करले जयजयकार गर्छन शरीर नै पुरिने गरि मालाले ढाकी दिन्छन स्तर बमोजिमको भोज भतेर सबै हुन्छ मेरो मन भित्रैदेखि पुलकित हुन्छ तर जब म बिछ्यौनामा जान्छु म त बिग्रे क्याहो भनेर धुरुधुरु रुन्छु म त चिल्ला गाडी पनि चढ्छु म सुटेट बुटेट पनि छु फेरि अरुलाई नै सुकिला मुकिला नै देख्छु मलाई […]
निकै छिटो सकियो दरबार हाइस्कूल पुनःनिर्माण कार्य, चिनियाँ कम्पनीको काम रफ्तार
काठमाडौँ, २ कात्तिक । निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माण काम ८० प्रतिशत सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरिरहेका छन् । निर्माणको […]
नेपाली कापी उद्योग यसरी पर्दैछन सङ्कटमा
बाँके, २ कात्तिक । बाँकेको नेपालगञ्जका बिक्रेता तथा उपभोक्ताले बिना भन्सार भारतका विभिन्न ठाउँबाट कापी ल्याउने गरेका छन् । यसले गर्दा यहाँका कापी उद्योग समस्यामा परेका छन् । स्थानीय उत्पादन बढे पनि कारोवार बढ्न नसकेको उद्योगीहरू बताउँछन् । खुला सिमानाका कारण भारतीय कापी सहजै नेपालगञ्जमा ढुवानी हुने हुँदा यहाँका गुणस्तरीय कापीसमेत बिक्री हुन छाडेका छन् […]
बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार नेपालमै
काठमाडौँ, २ कात्तिक । जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसङ्ग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन् । चिकित्सक डा दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा गोदारले भनिन, “बाबुको दुवै अण्डकोष अहिले बाहिर देखिन्छ, उपचार सफल भएकामा म खुशी छु ।” भर्खरै जन्मिएकादेखि १६ वर्षमुनिका बच्चाका मुत्रासय, मलद्वार, आन्द्रा, जिब्रोको ट्युमर, […]
अब्बल बन्दै सामुदायिक विद्यालय
कञ्चनपुर, २ कात्तिक । शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय पठनपाठनको क्षेत्रमा अग्रणी बन्न थालेका छन । कक्षा ११ र १२ को परीक्षामा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन थालेका छन् । शुक्लाफाँटा नगरपालिकाको कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयको कक्षा १२ को बोर्ड परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट परीक्षामा सहभागी भएका ५६ […]











