धनुषा, २३ भदौ । धनुषामा आइतबार साँझ धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको मिथिला विहारी नगरपालिका–९ कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो । अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तारापट्टी बजारबाट बेलुकी करीब ८ः१५ बजे तरकारी […]
मुख्य समाचार
दृष्टिविहीनलाई प्रोत्साहन गर्न साङ्गीतिक कार्यक्रम
काठमाडौँ, २३ भदौ । न्यूनदृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । सेतो छडी बोक्ने दृष्टिविहीनलाई ‘विचरा’ मात्र देख्नेको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणस्वरुप आइतबार यहाँ आयोजित कार्यक्रममा ‘तपाईले देख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रम आयोजना गरी दृष्टिविहीन भएका व्यक्तिले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे […]
दुव्र्यसनी पहिचानमा ‘किट’ प्रभावकारी
बागलुङ, २३ भदौ । लागुपदार्थ सेवन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बेनी नगरपालिका–१ रत्नेचौरका २० वर्षीय प्रवीण सुवेदी र १९ वर्षीय सुजन थापालाई केही दिनअघि नियन्त्रणमा लियो । दुवैले प्रहरीसामु लागुपदार्थ सेवन नगरेको भनेर ढाँटे । प्रहरीले अभिभावककै अघि राखेर केरकार गर्दा पनि लागुऔषध प्रयोग गरेको स्वीकार गर्न उनीहरु तयार देखिएनन् । प्रहरीले तत्कालै […]
अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः पर्यटनमन्त्री भट्टराई
काठमाडौँ, २३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताएका छन । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभाको आइतबार साँझ उद्घाटन गर्दै मन्त्री भट्टराईले अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको पर्यटक […]
चिनियाँ विदेशमन्त्रीसँग ९ परियोजनाहरूको कार्यादेश र कार्ययोजना तय हुने
काठमाडौं, २२ भदौ । तीनदिने औपचारिक भ्रमणका लागि चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा उनी १९ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् । पाकिस्तानमा आयोजना गरिएको विदेशमन्त्री स्तरीय त्रिदेशीय बैठकमा भाग लिई काठमाडौं आइपुगेका मन्त्री वाङलाई स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले स्वागत गरेका थिए । वाङको […]
सारङ्गीको धुन जोगाउँदै गन्धर्व
चिप्लेढुङ्गा, २२ भदौ । “आमाले सोध्लिन् नि खै छोरा भन्लिन्” भन्ने गीतका चर्चित गायक झलकमान गन्धर्वको निधन भएको १६ वर्ष पुगिसक्यो । उक्त गीत युद्ध मैदानमा घाइते लाहुरेको अन्तिम सन्देशका रुपमा गाइएको मार्मिक गीत थियो । नेपाली लोकसङ्गीतका क्षेत्रमा जीवन्त उक्त गीतले आज पनि हरेक लोकगीत पारखीको मन र मष्तिस्कमा उत्तिकै तरङ पैदा गर्छ । […]
एसिड कारोबार नियमन गर
काठमाडौ, २२ भदौ । नेपाली समाजमा पहिले खासै नसुनिने एसिड प्रहारका घटना पछिल्ला वर्षहरूमा बढ्दै गएका छन् । खासगरी आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा ‘अपमानित’ भएको झैं ठान्ने पुरुष मनोविज्ञानले डरलाग्दो नतिजा निम्त्याइरहेको छ, भलै एकाध घटना पुरुषलक्षित रहेको पनि देखिन्छ । आर्थिक वर्ष २०७१/७२ यताका पाँच वर्षका घटना हेर्ने हो भने एसिड प्रहारबाट १३ महिला […]
कोशी–ल्हासा राजमार्गमा यात्रुलाई सास्ती
खाँदबारी, २२ भदौ । सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्कने राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने कोशी–ल्हासा राजमार्गअन्तर्गत पर्ने छ किमी सडक पार गर्न औसतमा पाँच घण्टा लाग्ने गरेको छ । सडक खण्डभरि खाल्डो र हिलाम्मे भएकाले आवत–जावत गर्न पाँच घण्टादेखि कहिलेकाहीँ एक दिनसमेत लाग्ने गर्दछ । हिलाम्मे सडकमा फसेको गाडी निकाल्न नसकेमा रातसमेत त्यहीँ बित्ने […]
राजश्व चुहावटअनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन २०७६’विधेयक पारित
काठमाडौँ, २२ भदौ । प्रतिनिधिसभाको आजको बैठकले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन २०७६’ विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा अर्थ समितिको प्रतिवेदनसहितको उक्त विधेयक प्रस्तुत गरे । विधेयकको सैद्धान्तिक पक्षमाथि भएको छलफलमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिँदै उनले राजश्व अनुसन्धानलाई प्रभावकारी बनाउन सो […]
‘सरकार, कर छल्नेबाट कर उठाऊ’ एनसेलसँग उठाऊ, नागरिकलाई मारमा नपार
काठमाडौं, २२ भदौ । ‘सरकार कर उठाउने हो भने एनसेलसँग उठाऊ, जनतासँग धेरै नउठाऊ । राजश्व छल्ने ठूला व्यापारीसँग उठाऊ, नागरिकलाई मारमा नपार ।’ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा यसरी आफ्नो विचार राख्दै सांसद हृदयेश त्रिपाठीले करको दर र मात्रा बढी भएका कारण नागरिकमा निराशा बढेकाले उनीहरूलाई राहत दिएर कानूनको बलमा कर छल्नेहरुलाई कारवाहीको दायरामा […]











