ठुलो संख्यामा खुल्यो सरकारी जागिर, यस्तो छ अवसर (सूचना सहित)

काठमाडौँ, ८ कात्तिक । सरकारी जागिर खानेहरुका लागि सुनौलो अवसर सृजना भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्टाफ नर्स र अनमीको लागि जागिरको अवसरको लागि आज सूचना प्रकाशित गरेको छ ।

सामुदायिक नर्सिङ परिचालनका लागि कर्णाली प्रदेश सरकारले ५९ जना स्टाफ नर्स र १४२ जना अनमीको लागि पदपूर्ति गर्ने तयारी गरेको हो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सूचना जारी गरी स्थानीय तहका स्वास्थ्य संस्था नभएका वार्डहरुमा काम काज गर्ने गरी स्टाफ नर्स र अनमी पदपूर्ति गर्न लागेको सूचना प्रकाशित गरेको छ ।

Loading...