काठमाडौ, ९ पुस । भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले जानकारी दिए । […]
मुख्य समाचार
निर्मलाको हत्यारा पत्ता लगाउन पहल गरिदिन हस्ताक्षरको पोको राष्ट्रसंघमा
काठमाडाै, ८ पुस । निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन पहल गरिदिन अाग्रह गर्दै विद्यार्थीहरुले हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्र संघलार्इ पठाएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएकाे ५ महिना बित्दा समेत सरकारले निर्मला बलात्कार र हत्याका दोषी पत्ता लगाउन नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन […]
कालिकोटमा भीषण आगलागी, पलाताको एक गाउँ पूरै जलेर नष्ट
कालिकाेट, ८ पुस । कर्णाली प्रदेशकाे दुर्गम जिल्ला कालिकाेटमा भीषण अागलागी हुँदा एउटा गाउँ नै नष्ट भएकाे छ । कालिकाेटकाे पलाता गाउँपालिकाकाे वार्ड नं १ खाडा गाउँ यसरी जलेर नष्ट भएकाे हाे । जिल्ला प्रहरी कार्यालय कालिकाेटले आइतबार राति अकस्मात अागलागी हुँदा यति ठूलाे क्षति भएकाे जानकारी दिएकाे छ । रातीबाट सुरु भएकाे अागलागी बिहान […]
नतिजा चित्त नबुझे ११ कक्षाका विद्यार्थीले आफ्नै अगाडि उत्तरपुस्तिका पुन: जचाउँन पाउने
काठमाडौं, ७ पुस । परीक्षामा राम्राे गरेर पनि नतिजा राम्राे नअाएकाे भन्दै गुनासाे गर्ने विद्यार्थीका लागि खुसीकाे खबर छ । राष्ट्रिय परीक्षा बाेर्डले अब नतिजामा चित्त नबुझ्ने विद्यार्थीले अाफ्नाे उत्तरपुस्तिका फेरि जाँच गराउन पाउने भएका छन् । बाेर्डले हालका लागि कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले नै याे सुविधा प्रयाेग गर्न सक्ने […]
प्रहरी प्रमुखको गुनासो : प्रहरी नै पुगेनन्
काठमाडौँ, ८ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीका लागि आवश्यक स्रोत र साधनको कमी रहेको तथा आवश्यकता अनुसार प्रहरी जनशक्ति भर्ना गर्न नसकिएको गुनासो गरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षा क्षेत्रमा बजेट बढाउँन आफूले पहल गर्ने आस्वासन दिएका छन । आइतवार गृहमन्त्रालयमा आयोजित मन्त्रालयको प्रथम चौमासिक प्रगति समिक्षा गृहमन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा […]
प्रचण्डलार्इ फेसबुकमा गाली गरेको आरोपमा चितवनको होटेल सेन्ट्रल पामका मालिक पक्राउ
चितवन, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ फेसबुकमा गाली गरेकाे अाराेपमा एक हाेटल व्यवसायी पक्राउ परेका छन् । चितवनका हाेटल व्यवसायी सुवाेध प्रधानलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । उनी नेपाली कांग्रेसका कार्यकर्ता तथा चितवनकाे ठूलाे हाेटल सेन्ट्रल पामका मालिक पनि हुन । नेपाली कांग्रेसकाे महासमिति सदस्य समेत रहेका प्रधानले […]
सरकारी कार्यालयको उदासिनता बढ्दो, जिशिका जाजरकोटको वेवसाइटमा खुल्छ धुलिखेल नगरपालिका
जाजरकोट, ७ पुस । जाजरकोट जिल्ला शिक्षा कार्यालयलाई आफ्नो काम प्रभावकारी बनाउन र सेवाबारे आम नागरिकलाई जानकारी दिन निर्माण गरिएको वेवसाइट के कस्तो अवस्थामा छ भन्ने थाहा छैन । जिशिका जाजरकोटको वेवसाइट www.deojajarkot.gov.np ब्राउजरमा खोल्दा धुलिखेल नगरपालिका खुल्छ । जाजरकोटका शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तथा जिल्ला शिक्षा अधिकारी सुदिनराज बुढाथोकी जनशक्ति नभएका कारण वेवसाइट हेर्न […]
पार्टी एकलौटी चलाए दुर्भाग्य हुने माधव नेपालको चेतावनी
काठमाडौ, ७ पुस । लामाे समयदेखि पार्टीमा असन्तुष्टी राख्दै अाएका माधव कुमार नेपालले नेताहरुलार्इ चेतावनी दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपालले प्रमुख नेताहरुले पार्टी एकलाैटी रुपमा चलाउन थालेकाे भन्दै यस्ताे गरिए ठूलाे दुर्भाग्य हुने चेतावनी दिए । उनले एउटा पक्षलाई सिध्याउने प्रयास भएको भन्दै बैठकमा ठूलाे […]
सीमास्तम्भ छोएर अन्तराष्ट्रिय नियम विपरित दसगजा क्षेत्रमा भारतले बनायो सडक
नेपालगन्ज, ७ पुस । भारतले नेपालकाे सीमाना क्षेत्रमा लगातार एकतर्फी उच्च सडक निर्माण गर्दै अाएकाे छ । दुर्इ देशकाे सीमा दसगजा क्षेत्रमै अन्तराष्ट्रिय नियम विपरित भारतले एकतर्फी सडक बनाएर नेपाली भूभाग डुवानमा पार्ने हर्कत गरेकाे भएपनि नेपाल सरकारले त्यसतर्फ ध्यान दिन सकेकाे छैन । बाँकेकाे सीमा क्षेत्र हिरमनियाको दसगजा नजिक भारतले विगत चार वर्षदेखि निर्माण […]
दाङमा भएको दुर्घटनाका मृत्तक सबैको सनाखत, सबैभन्दा बढी जुम्लाका विद्यार्थी
दाङ, ७ पुस । तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय गणेश विक, विद्यार्थी घोराही–१४ का १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका–५ का […]