(कोभिड–१९) संक्रमणबाट जोगिन एसइई दिने विधार्थीहरुलाई मास्क वितरण गर्ने

लहान, २ चैत । लहान नगरपालिका र विभिन्न संघ संस्थाहरु मिलेर लहान नगरपालिकाका एसइइ दिने दुई हजार विधार्थीहरुलाई मास्क वितरण गर्ने तयारी गरिरहेको छ । लहानमा छ वटा परीक्षा केन्द्रहरुबाट दुई हजार विधार्थी परीक्षामा समावेश हुदैछन । कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि एसइई परीक्षा दिने विधार्थीहरुलाई मास्क वितरण गर्ने परीक्षा केन्द्रमा हेल्थ डेस्क राखेर ढुक्क […]

कोटेश्वर-कलंकी सडक खण्डमा लेन प्रयोगको नयाँ नियम

काठमाडौं, २ चैत । कोटेश्वर- कलंकी ८ लेन सडक खण्डमा सवारी साधनलाई लेन प्रयोगमा नयाँ नियम लगाइएको छ । यात्रुवाहक तथा मालवाहक गाडी बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधन दाहिने मुख्य द्रुत लेनबाट मात्र चलाउने व्यवस्था चैत २ गतेदेखि लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला […]

कर्णाली प्रदेशमा ११ वर्षपछि चैत महिनामा हिमपात, जनजीवन प्रभावित

डोल्पा, २ चैत । कर्णाली प्रदेशका हिमाली जिल्लामा धेरै वर्षपछि चैत महिनामा हिमपात भएको छ । हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालीकोटमा शुक्रवारदेखि निरन्तर हिउँ परेकाले बालबालिका, वृद्धवृद्धा र ज्याला मजदुरी गर्ने मानिसहरू प्रभावित भएका छन् । हिमपातकै कारण सोमवारबाट सुरु सुरु हुन लागेको दादुरा(रुबेला खोप अभियान प्रभावित भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। टाढाटाढाबाट बालबालिका लिएर […]

कपिलवस्तुबाट १८ किलो चरेशसहित ३ जना पक्राउ

कपिलवस्तु, २ फागुन । कपिलवस्तुबाट १८ किलो चरेशसहित कपिलवस्तुमा ३ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको विशेष टोलीले चेँकजाँच गर्दा जिल्ला दाङ हसीपुर गाउपालिका वडा नं.०२ बस्ने वर्ष ३१ को रामतुल मिया दाङकै राप्ती गाउपालिका वडा नं.१ लम्तिया बस्ने वर्ष ४१ को जितमान मिया र रोल्पा सुनछहारी गापा वडा न.२ बस्ने […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन

US president Donald trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोनाभाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उनिमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको थियो । खासगरी कोरोना सङ्क्रमित ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो र उनको प्रतिनिधिमण्डलका सदस्यहरुको अमेरिकाको फ्लोरिडा भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भएपछि यस्तो शंका […]

असिनाले चुटेर १० वर्षीय बालकको मृत्यु

अर्घाखाँची, २ चैत । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ। नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । सुस्त मनस्थितिका नेपाली हिजो दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा […]

भारतमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो

काठमाडौँ, २ चैत । भारत, छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिलेसम्म १०५ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ११ जना बिरामी निको भएको छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । दिल्लीमा कोरोनाका ७ […]

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न स्पेनमा सङ्कटकाल, फ्रान्समा थप प्रतिबन्ध

युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन् । स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमण अर्थात् (कोभिडढ-१९ ) बाट मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य […]

कोरोना त्रास: सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स हुदै

काठमाडौँ, २ चैत । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि कोरोनाभाइरसको विरुद्ध सार्क राष्ट्रहरु एकजुट भएर लड्ने भएका छन् । कोरोनाभाइरसको महामारीविरुद्ध लड्न साझा रणनीति तयार गर्न आइतबार भारतीय समयअनुसार साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने भएको हो । कोरोनाभाइरस विरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहकार्य गर्ने […]

सतुङ्गलमा टिपर र जिप ठोक्किदा तीन घाइते

काठमाडौँ, २ चैत। सतुङ्गलमा टिपरमा जिप ठोक्किँदा तीन जना घाइते भएका छन् । सडक किनारमा रोकी राखेको ना५ख ६७८५ नम्बरको टिपरमा प्रदेश ३–०१–०२२ च ३५५६ नम्बरको जिप बिहान ४ बजे ठोक्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा परि घाइते हुनेमा जिप चालक धादिङका २५ वर्षीय सरोज खड्का, जीपमा सवार मकवानपुरको पदमपोखरी नगरपालिका–८ का […]