कपिलवस्तुबाट १८ किलो चरेशसहित ३ जना पक्राउ

कपिलवस्तु, २ फागुन । कपिलवस्तुबाट १८ किलो चरेशसहित कपिलवस्तुमा ३ जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको विशेष टोलीले चेँकजाँच गर्दा जिल्ला दाङ हसीपुर गाउपालिका वडा नं.०२ बस्ने वर्ष ३१ को रामतुल मिया दाङकै राप्ती गाउपालिका वडा नं.१ लम्तिया बस्ने वर्ष ४१ को जितमान मिया र रोल्पा सुनछहारी गापा वडा न.२ बस्ने वर्ष ४१ को जपी बुढालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक सुनिल मल्ले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

Loading...