सतुङ्गलमा टिपर र जिप ठोक्किदा तीन घाइते

काठमाडौँ, २ चैत। सतुङ्गलमा टिपरमा जिप ठोक्किँदा तीन जना घाइते भएका छन् । सडक किनारमा रोकी राखेको ना५ख ६७८५ नम्बरको टिपरमा प्रदेश ३–०१–०२२ च ३५५६ नम्बरको जिप बिहान ४ बजे ठोक्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेमा जिप चालक धादिङका २५ वर्षीय सरोज खड्का, जीपमा सवार मकवानपुरको पदमपोखरी नगरपालिका–८ का २१ वर्षीय रञ्जन घिमिरे र सोही ठाउँकी १८ वर्षीया रीता घिमिरे छन् ।घाइतेहरुलाई उपचारको लागि सतुङ्गलस्थित ओम समाज अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Loading...