निवर्तमान सभामुख कृष्ण बहादुर महरा छिट्टै रिहा हुदै

काठमाडौं ५ फागुन । संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्यकर्मी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा छिट्टै रिहा हुने भएका छन् । नेकपाको शीर्षस्थ नेतृत्व तहले महरा रिहा हुने सन्देश पार्टीका नेता कार्यकर्तालाई प्रवाह गर्न थालेका छन् । सुरुआती चरणमा महराप्रति आक्रामक नेताहरु बिस्तारै नरम देखिएका छन् । शाहीले गत १२ […]

गोदावारी नगरपालिकाको ०५ मिजारको घरमा शक्तिशाली बम फेला 

ललितपुर ५ फागुन । गोदावारी नगरपालिकाको ०५ मा रहेको शुकराम मिजारको घरमा बम भेटिएको छ । मिजारको घरमा शक्तिशाली बम फेला परेको ललितपुर प्रहरीले जनाएको छ । घरमाथि स्लबमा निस्किएको ठाँउमा ग्रिनेड बम फेला परेको हो । महानगरिय प्रहरी वृत्त चापागाँउका डीएसपी कृष्णराज ओझाका अनुसार अहिले उक्त बम डिस्पोज गर्न नेपाली सेनाको टोली खटिएको छ […]

हेलिकोप्टरबाट कालापानी निरीक्षण गरेर फर्किए रक्षामन्त्री पोखरेल

दार्चुला, ५ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र निरीक्षण गरेर फर्किएका छन् । उनी सोमबार दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रको अवलोकन गरेर फर्किएका हुन् । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको टोलीमा दार्चुला जिल्लाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य गणेष सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल […]

विद्युत् प्राधिकरणले वितरणतर्फको चुहावटलाई एकल अङ्कमा झार्न सफल

काठमाडौँ, ५ फागुन । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीमा रहेको चुहावटलाई एकल अङ्कमा झार्न सफल भएको छ । गत साउन अन्त्यसम्ममा रहेको ११.२८ प्रतिशतमा रहेको वितरण प्रणालीको चुहावटलाई छ महिनाभित्र ९.७८ मा झार्न सकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले अबको छ महिनाभित्र ८.५ प्रतिशतमा समेट्ने लक्ष्य राखेको छ । १५.३२ प्रतिशत रहेको समग्र […]

जिन्दगीको जंगलमा हराइरहेका मधुको मुटु छुने कथा

  ‘चार दिनसम्म पानी मात्र खाएर पनि बाँचिदोरहेछ सर ।’ रानीवनको छेउमा एक बिहान उनले मसँग भने । फेरि थपे, ‘जीवन साँच्चै रबर हो । निक्कै चाम्रो छ ।’ उनी अर्थात खेल क्षेत्रमा बेग्लै पहिचान निर्माण गरिसकेका गुरु तथा प्रशिक्षक मधु लामा । अचेल कहिलेकाही आफ्नै विगततिर फर्कदा गम खान्छन् । उनी आफ्नो अतित् सम्झन्छन् […]

अझै पनि समाजबाटै उपेक्षित हुनु दुःखद् विषय, वडा सदस्यहरू नै छुवाछुतबाट पीडित

गुल्मी, ५ माघ । नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको पनि धेरै वर्ष भईसक्यो वि.सं. २०६३ जेठ २१ गते जनआन्दोलन पछिको पुनस्र्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । तर धुर्कोट गाउँपालिकाका वडा सदस्यहरूले छुवाछुतबाट आफूहरू पीडित भएको बताएका छन् । सदरमुकाम तम्घासमा रेसुङ्गा दलित महिला सञ्जालद्वारा आयोजित दलित महिला प्रतिनिधिका चुनौति विषयक […]

चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी तामाङ पक्राउ

धुलिखेल, ४ फागुन । नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले तामाङलाई धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो । सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र […]

अध्यक्षद्वय ओली झापामा, प्रचण्ड नेपालगञ्ज

काठमाडौं, ४ फागुन । नेकपाका शीर्ष नेता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड जिल्ला दौडाहामा निस्किएका छन ।प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा सम्पन्न भएका विभिन्न विकास निर्माणको आयोजनाका लागि दमक पुगेका हुन भने प्रचण्ड पार्टीले आयोजना गरेको सभा उद्घाटनका लागि नेपालगञ्ज पुगेका हुन । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रमुख […]

नयाँ बसपार्कमा शुद्धीकरण अभियान : गेष्टहाउस सञचालकसहित ५७ पक्राउ

काठमाडौँ, ४ फागुन । प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन् । प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका […]

विशेष सूचनाका आधारमा ३३ किलो गाँजासहित भारतीय पक्राउ

काठमाडौं ४ फागुन । ३३ किलो गाँजा कारमा लुकाएर तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले ३३ किलो गाँजासहित हेटौडा–१९ बाट भारत पश्चिम चम्पारण बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादवलाई पक्राउ गरेको हो। यादवले चलाएको जेएच९ ए८३६१ नम्बरको भारतीय कारबाट उक्त गाँजासहित यादवलाई […]