काठमाडौँ, ६ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटेको जानकारी दिएको छ । घटेको मुल्यसूची अनुसार अब काठमाडौ उपत्यकामा पेट्रोलको मुल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर ११० रुपैयाँ थियो । त्यस्तै […]
मुख्य समाचार
बागमती किनारमा पुरुषको बेवारिसे शव फेला
काठमाडौं, ६ फागुन । काठमाडौंको बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव फेला परेको छ । बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिएका छन् । ‘अहिले हामी घटनास्थलमै छौं, मुचुल्का बनाउँदै छौं,’ डीएसपी कुँवरले […]
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘गुण्डा नाइके’ सत्यमान पक्राउ
काठमाडौँँ , ६ फागुन। नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ुगुन्डा नाइकेु सत्यमान लामा पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हो । लामालाई मापसे गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको महाराजगञ्ज प्रहरीले जनाए पनि थप खुलाएको छैन् । साथै अरु थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामा […]
पेट्रोलियम तथा ग्यास पाइपलाइन परियोजना अघि बढाउन समिति गठन
काठमाडौँ, फाुगन ६ गते । पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ । समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगञ्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक ग्यासको प्राविधिक अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । सबै आयोजनाको विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गर्न चारवटा संयुक्त अध्ययन टोली बनाइएको […]
महामारीको रुप लिएको कोरोनाबाट ज्यान गुमाउने १९ सय पुग्यो!
बेइजिङ, ६ फागुन । महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ ज्यान गुमाउनेको संख्या करीब एक हजार नौ सय पुगेको छ । कोरोना भाइरसबाट तीन हजार स्वास्थ्यकर्मीसहित ७३ हजार ४३६ भन्दा बढी संक्रमित भएको जनाइएको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाले ज्यान […]
उपसभामुखबाट राजीनामा गरेकी तुम्बाहाङ्फेलाई मन्त्रीको जिम्मेवारी
उपसभामुख बाट राजीनामा गरी पदमुक्त भएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । सोमबार दिउँसो तुम्बाहाङ्फे कानूनमन्त्रीमा नियुक्त भए संगै उनले उक्त जिम्मेवारी सम्हालेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा उनलाई पद तथा गोपनीयताको सपथ गराएकी थिइन् । निवर्तमान सभामुख कृष्ण बहादुर महराले […]
कारागारबाट बाहिरिए महरा, लाग्न थाल्यो एमसीसी मुर्दावादको नारा
काठमाडौँ, ५ फागुन१ सय ३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा रिहा भएका छन् । बलात्कार प्रयासको आरोपमा सफाई पाएपछि उनी रिहा भएका हुन् । डिल्लीबजार कारागारमा महरालाई खादा र माला लगाई विदाइ गरिएको छ भने बाहिर बसिरहेका उनका समर्थक र शुभचिन्तकहरुले उनलाई सोही तरीकाले स्वागत गरेका छन् । कारागार बसाइका क्रममा […]
आजको संयोग: निवर्तमान सभामुख जेल बसाइबाट मुक्ति, उपसभामुखलाई मन्त्रालय
काठमाडाैँ ५ फागुन । बलात्कार प्रयास मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि निवर्तमान सभामुख झण्डै चार महिनापछि आफ्नो घरपरिवारसँग पुनर्मिलन हुँदै छन् र उनी चार महिना लामो जेल बसाइबाट मुक्ति पाएका छन् भने तुम्बाहाङ्फे अब केही दिनमै मन्त्रीनिवास सर्नेछिन्। गत असोजसम्म तत्कालीन सभामुख कृष्णबहादुर महरा मुलुककै पाँचौँ वरीयताका सम्माननीय पदमा थिए भने उपसभामुख शिवमाया तुम्बाहाङफे […]
टेलिकमको फ्रिडम प्याकः १५ रुपैयाँमा २४ घण्टा कुराकानी
काठमाडौँ, ५ फागुन । नेपाल टेलिकमले विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याकमा थप गरेको छ । विभिन्न मूल्यमा खरिद गर्न सकिने यस्ता प्याकमा कम्पनीले थप विशेषता थप गरेको हो । एक घण्टा अनलिमिटेड प्याक यो प्याक २० रुपैयाँमा लिन सकिने कम्पनीले जनाएको छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र […]
निवर्तमान सभामुख कृष्ण बहादुर महरा छिट्टै रिहा हुदै
काठमाडौं ५ फागुन । संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्यकर्मी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा छिट्टै रिहा हुने भएका छन् । नेकपाको शीर्षस्थ नेतृत्व तहले महरा रिहा हुने सन्देश पार्टीका नेता कार्यकर्तालाई प्रवाह गर्न थालेका छन् । सुरुआती चरणमा महराप्रति आक्रामक नेताहरु बिस्तारै नरम देखिएका छन् । शाहीले गत १२ […]











