कपिलवस्तुका तीन पालिकाको पाँच क्वारेन्टाइनमा इन्टरनेट

  कपिलवस्तु जिल्लाको ५ क्वारेन्टाइनमा निःशूल्क इन्टरनेट जडान गरिएको छ । जिल्लाको शिवराज नगरपालिकामा १ स्थान, कपिलवस्तु नगरपालिकामा ३ स्थान र मायादेवी गाउँपालिकामा १ स्थानमा इन्टरनेट जडान गरिएको बताइएको छ । जिल्लाको शिवराज–३, देउराली रिसोर्ट (छालाफेक्ट्री), कपिलवस्तु नगरपालिकास्थित रत्नराज्य मावि, बुद्धपद्म मावि र महेन्द्र आधारभूत विद्यालय र मायादेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्थादेवी माविमा राखिएको […]

शिवराज विपद् कोषमा सहयोगी हातहरु बढ्दै

  कपिलवस्तुको शिवराज नगरपालिकाले स्थापना गरेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष’मा सहयोगी हातहरु बढ्दै गएका छन् । कोभिड–१९ (कोरोना भाइरस) सम्भावित संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित श्रमिक तथा असहायलाई राहतका लागि स्थापना गरिएको विपद कोषमा सहयोगी मनहरु बढ्दै गएका हुन् । समाचार तयार पार्दासम्म शिवराज विपद् कोषमा सहयोगी दाताहरुबाट मात्र ३ लाख ५४ हजार […]

लक डाउनको समय बैशाख ३ सम्म बिस्तार

सरकारले ‘लकडाउन’को समय बढाउने निर्णय लिएको छ । लक डाउनको समय बैशाख ३ सम्म बढाउने निर्णय भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रीपरिषदको बैठकले लकडाउनको समय बैशाख ३ सम्मलाई थप्ने निर्णय लिएको हो । सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले एक साताको लकडाउन आदेश गरेको थियो भने १८ […]

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि थपिने सम्भावना

काठमाडौँ । लकडाउनको अवधि बढाउने लगायतका विषयमा छलफल गर्न २ बजे मन्त्रिपरिषद् बैठक डाकिएको छ । चार बजे बस्ने भनिएको भएपनि पुनः बैठक २ बजेलाई सारिएको हो। सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ। लकडाउन अवधि थप गर्ने कि नगर्ने भन्नेबारे आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए। ‘एक हप्ता थपिन सक्ने […]

जेलबाट प्रधानमन्त्री ओलीलाई मर्मस्पर्सी खुला पत्र

श्री सम्माननीय प्रधान मन्त्री खडकप्रसाद शर्मा ओली ज्यू, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौ, नेपाल विषय : ध्यानाकार्षण सम्बन्धमा । महोदय, हाम्रै देशको उत्तरतिर हिमाल पारीपट्टीको छिमेकी देश चीनको बुहानबाट फैलिएको नोवेल कोरोना भाईरस (COVID-19) ले हाम्रो युगको मानव समाजलाई विश्वव्यापीरुपमा काल बनेर फैलिएको छ । हालसम्म विश्वको २०३ भन्दा बढी देशमा महामारी देखिएको छ भने ६० […]

कोरोनाभाइरसः महारानी एलिजाबेथको दुर्लभ सम्बोधन, ‘सङ्घर्षमा हामी सफल हुन्छौँ’

ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके ‘सफल हुने’ बताएकी छन्। दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र ‘अरूका लागि सहयोग गर्न जुटेकाहरूको’ प्रशंसा गरिन्। उनले ‘प्रत्येक घण्टा’ काम गरेर “सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्‍याउने’ अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिइन्। […]

कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन् । आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीले जनाएको छ ।उनका डाक्टरको सुझावपछि यो कदम ‘सावधानीको रुपमा’ चालिएको बताइएको […]

५० हजार ग्रामीण महिला स्वयंसेवी खटाइने, बिरामी ‘रिसिभ’ गर्ने जिम्मा सेनालाई

काठमाडौँ । मुलुकभर रहेका ५० हजार ग्रामीण महिला स्वयंसेविकालाई पनि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा परिचालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले महिला स्वयंसेविकालाई बीमालगायत सुविधा दिएर स्थानीय तहमा परिचालन गर्ने निर्णय गरेको हो । महिला स्वयंसेविकालाई कस्तो […]

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण, एकै दिन चार जनाको मृत्यु

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ। शनिबार अरू चारजनाको निधन भएको हो। यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु […]

खरिपाटीस्थित क्‍वारेन्टाइनमा राखिएका सबैकाे कोरोना नेगेटिभ

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेकाे क्‍वारेन्टाइनमा राखिएका सबैकाे कोरोना नेगेटिभ देखिएको छ । यहाँ रहेका ९४ जनामा नै कोरोना भाइरस देखिएको छैन । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत उक्त रिपोर्टबारे जानकारी गराएका हुन् । ‘खरिपाटी क्‍वारेन्टाइनमा रहेका सबै ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।’ डा […]