भक्तपुरको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

भक्तपुर । ‘कडाउन’को कारण खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेमा रहेको १७ तले खाली भवनमा खाद्यान्न भण्डारण गरिने भएको छ ।भवनमा नेपाली सेनाको नेतृत्वमा अभाव भएमा भक्तपुर जिल्लाका चारै वटा नगरपालिकामा वितरण गर्ने गरी खाद्य भण्डारण गर्ने भएको हो । उक्त भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्नहरु भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारैवटै नगरपालिकामा […]

ज्वरो र खोकी लागेर वीर अस्पतालमा भर्ना भएको भोलिपल्टै ३४ वर्षीय महिला र पुरुषको मृत्यु

काठमाडौं, १७ चैत । राजधानीको पुरानो अस्पताल वीर अस्पतालमा कोरोना संक्रमित भएको आशंका गरिएका २ जनाको मृत्यु भएको छ । मृत्यु भएका दुबै जनाको रिपोर्ट परिक्षण भइरहेको तर त्यसको रिपोर्ट आइनसकेको वीर अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ५० वर्षका एक पुरुष र ३४ वर्षकी एक महिला छन् । ३४ वर्षकी महिला काठमाडौंको चन्द्रागिरि […]

निजी कम्पनीलाई कोरोना सामाग्री किन्न लगाएर दस गुणा महङ्गोमा खरिद, एक अर्ब बढी घोटाला भएको अनुमान

काठमाडौं, १७ चैत । सरकारले चीनबाट ल्याएकाे सामानमा एक अर्ब बढी घाेटाला भएकाे आशंका गरिएकाे छ । काेराेनाकाे महामारीले विश्वभर त्रास उत्पन्न भएकाे र नेपालमा पनि पूर्णरुपमा लकडाउन गरी देश बन्दी जस्तै बनाइएका बेला यस्ताे गम्भीर घाेटाला भएकाे खबर बाहिर आएपछि सर्वसाधारण आक्राेशित भएका छन् । चीनमै व्यापार गरेर वर्षौंदेखि बसिरहेका नेपालीले वास्तविक मूल्य सार्वजनिक […]

उडिरहेकै बेला पाइलटले अर्कै गन्ध पाएपछि स्वास्थ्य उपकरण लिएर गएको सेनाको स्काई ट्रक बीचमै फर्कियो

काठमाडौं, १६ चैत । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको छ । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिए […]

कोरोनाका कारण २ लाख अमेरिकीको मृत्यु हुने चेतावनीपछि ट्रम्प हैरान

काठमाडाै‌ं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् । सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिकाभर बढाउने बारे तयारी भएको उनले उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले आइतबार भनेका छन्, ‘अबको दुई हप्तामा कोरोना भाइरसका कारण उच्चदरमा मृत्यु हुने सम्भावना छ । […]

कोरोनाले विदेशी मदिरा आयातमा रोक

काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै मदिरा आयातमा रोक लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म मदिरा आयातमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। छोकडा, सुपारी आयातमा पनि नियन्त्रण गर्ने निर्णय भएको छ। त्यस्तै सरकारले ५० हजार डलरभन्दा बढी मूल्यका […]

किमम फाउण्डेशनद्वारा विपन्न परिवारलाई राहत

कपिलवस्तु  । ‘लकडाउन’को चपेटामा परेका कपिलवस्तुका करीब ४सय गरीब घरपरिवारलाई राहत वितरण गरिएको छ । किमम फाउण्डेशन नेपालले दयनीय जीवन विताइरहेका विपन्न घरपरिवारलाई राहत वितरण गरेको हो । कृष्णनगर नगरपालिकाको करीब ४ सय गरीब घरपरिवारलाई झण्डै साढे ४ लाख बरारबरको राहत सामग्री वितरण गरिएको किमम फाउण्डेशन नेपाल कपिलवस्तुका अध्यक्ष शैख अब्दुल कयूम मदनीले जानकारी दिए […]

कपिलवस्तुमा ८५ जना क्वारेन्टाइनमा

कपिलवस्तु ।कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण रोकथामका लागि कपिलवस्तु जिल्लामा ८५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रा्ेजगारीका लागि भारत र खाडी लगायत मुलुकबाट फर्केकाहरु क्वारेन्टाइनमा राखी पालिका र प्रहरीको बिशेष निगरानी बढाइएको हो । जिल्लाका १० वटै पालिकामा आइतबारसम्म २सय ४२ क्वारेन्टाइन र ८ वटा आइसोलेशन बेड स्थापना गरिएका छन् । जिल्लाभर स्थापना गरिएका क्वारेनटाइनमा हालसम्म […]

विपन्न परिवारका साथमा सहयोगी हात

कपिलवस्तु । दैनिक मजदूरी गरी छाक टार्दै आएका १२ विपन्न परिवारलाई सहयोगी हातहरुद्वारा राहत सामग्री वितरण गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएका कोभिड–१९ (कोरोना भाइरस) का कारण गरिएको ‘लकडाउन’ मा छाक टार्न धौ धौ अति विपन्न, गरीब १२ परिवारलाई राहत वितरण गरिएको हो । कपिलवस्तु शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायीहरुले संयुक्त रुपमा शिवराज ५ […]

लकडाउन चैत २५ सम्म लम्बियो

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को  बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।  यो […]