चीन सरकाले दिएको कोरोना खोप नेपाल पुग्यो

काठमाडौं, चैत । छिमेकी राष्ट्र चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप काठमाडौं ल्याइपुर्‍याइएको छ। बेइजिङबाट खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज सोमबार बिहान काठमाडौं आइपुगेको हो। खोप त्रिभुवन विमानस्थलमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई चिनियाँ राजदूत होउ यान्छीले हस्तान्तरण गरेकी छन्। चीन सरकारले कोरोनाविरुद्ध ‘भेरासेल’ खोप नेपाललाई सहयोग दिएको हो। […]

बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु

काठमाडौं, चैत । बागलुङ  र प्युठान जिल्लाको सिमानामा लागेको एक होली मेलामा युवाहरुको दुई समूहबीच झडप हुँदा २ जनाको ज्यान गएको छ । झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा आइतबार दिउँसो झडप भएको हो ।  मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र […]

चीन सरकारले दिएको ८ लाख डोज कोरोना खोप आज नेपाल पुग्दै

काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ खोप आज काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । सो जहाज सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । […]

डोल्पाका मेयरका दुईवटा डोजरमा अज्ञात समूहद्वारा आगजनी

काठमाडौं, चैत । डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ। नगरपालिकाको केन्द्र जुफालबाट ५ र ६ नम्बर वडा जोड्ने सडक खन्ने काममा प्रयोग भएका डोजरमा आगजनी भएको प्रहरीले जनाएको छ। जुफाल र लहाराको बीचको जङ्गलमा भे १ क ४६३६ र भे १ क १२९४ नम्बरका दुइ डोजरमा अज्ञात समूहले हिजो राति […]

मंगल ग्रहमा हेलिकप्टर उडाउँदै नासाका वैज्ञानिक

काठमाडौं, चैत । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी नाम दिएका छन्। अहिले यो हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष […]

नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट ४७ जिल्लामा पुग्यो, यस्तो छ सातै प्रदेशको तथ्यांक

काठमाडौं, चैत । नेपालमा पछिल्लो समय इन्टरनेट विस्तारमा तीव्र प्रतिस्पर्धा भइरहेको बेला नेपाल टेलिकमले देशैभर आक्रामक रुपमा फाइबर टु दि होम (एफटीटीएच)मा आधारित इन्टरनेट सेवा विस्तार गरेको छ। एफटीटीएचले पाचौँ पुस्ताको मोबाइल इन्टरनेट (फाइभजी)को पूर्वाधारमा पनि काम गर्ने भएकाले नेपाल टेलिकमले भविष्य समेत हेरेर लगानी बढाएको जनाएको छ। टेलिकमले तामाका तारबाट चलेको पुरानो प्रविधिलाई प्रतिस्थापन […]

कर्णालीका शाहीले गरे जापानी विश्वविद्यालयबाट उर्जामा पहिलो विद्यावारिधी

काठमाडौं । कर्णाली प्रदेशबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधी गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधी गरेका हुन् । उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधी गर्ने शाही पहिलो बनेका छन् । टोक्यो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधीको उपाधी प्रदान गरेको हो […]

प्रधान मन्त्री ओलीले प्रतक्ष भेटेर छलफल गर्न प्रचण्डलाई गर्यो प्रस्ताव

काठमाडौँ। प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अढाई महिना पछि सोमबार टेलिफोन संवाद भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतको फैसलाले ब्युँताइदिएपछि आफ्नै पार्टीमा दबाबमा आएका प्रधानमन्त्री ओलीले सोमबार प्रचण्डलाई फोन गरेका हुन् । यसअघि गत १५ पुसमा प्रधानमन्त्री ओलीले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए । […]

आगामी शैक्षिक सत्रमा ४ वटा कक्षामा नयाँ पाठ्यक्रम

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा २, कक्षा ३, कक्षा ६ र कक्षा १२ मा नयाँ पाठ्क्रम लागू गर्दैछ । केन्द्रले नयाँ पाठ्यक्रमअनुसार पुस्तक छपाउने तयारी गरेको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार पाठ्यक्रम परिवर्तन गर्न गरिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । उनले भने, ‘पाठ्यक्रमको सबै […]

प्रतिनिधिसभाको आजको बैठकमा पनि शोक प्रस्तावको कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि शोक प्रस्तावको कार्यसूची छ । दिउँसो १ बजे डाकिएको बैठकमा सभामुख अग्‍नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । यसअतिरिक्त संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव […]