अवैध रुपमा पत्रकार परिचयपत्र र प्रेस ज्याकेट बनाएर बिक्री गर्ने गिरोह पक्राउ

काठमाडौँ । अवैध रुपमा विभिन्न मिडियाको लोगोसहितको परिचयपत्र र ‘प्रेस’ लेखिएको ज्याकेट बनाएर विक्री गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उक्त गिरोहले लकडाउनको समयमा आवागमन सहज हुने भन्दै फेसबुकमार्फत सम्पर्क गर्ने, नमुनाहरु पठाउने र परिचयपत्र तयार पारेर होम डेलिभरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त गिरोहले एउटा प्रेस कार्डको पाँच सय […]

कोरोना संक्रमणबाट नेपालमा पहिलाे पत्रकारको मृत्यु

बुटवल । काेराेना संक्रमण भएर नेपालमा पहिलाे पत्रकारकाे निधन भएकाे छ । कपिलवस्तुमा कोरोना भाइरसको संक्रमणका कारण एक पत्रकारको निधन भएको हाे। स्वास्थ्य कार्यालय कपिलवस्तुले कपिलवस्तुकाे सदरमुकाम तौलिहवामा ६२ वर्षीय पुरुषको काेराेनाका कारण मृत्यु भएको र उनी पत्रकार रहेकाे जानकारी दिएकाे छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका स्रोतव्यक्ति कुमार थापाले काेराेनाबाट मृत्यु हुने पत्रकार कपिलवस्तुमा तीन दशकदेखि […]

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट साेमबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव साेमबार दिउँसो भेटिएको हो। उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए। चितवन राष्ट्रिय निकुञ्जको […]

जग्गाको कित्ताकाट तीन वर्षपछि सरकारले गर्यो खुल्ला

काठमाडौं, २२ भदौ । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट […]

देशभर संक्रमण दर केही घटे पनि काठमाडौ उपत्यकामा भने एकै दिन ३२६ संक्रमित

काठमाडौं, २२ भदौ । काठमाडाैं उपत्यकामा अझै काेराेनाकाे संक्रमणकाे दर अझै कम भएकाे छैन । साेमवार पनि काठमाडौं उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण देखिएकाे छ । उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण हुँदा देशभर ९७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । तुलनात्मक रुपमा काठमाडौं उपत्यका बाहिरका जिल्लामा संक्रमण दर घटे पनि काठमाडौं उपत्यकामा भने बढिरहेको […]

पच्चीस हजार हुम्लावासीलाई आँखा उपचार सेवा

हुम्ला । आँखा उपचार केन्द्र हुम्लाले हालसम्म २५ हजार हुम्लीहरूलाई आँखा उपचार सेवा दिएको छ । आँखा उपचार सेवा जिल्लामा नै उपलब्ध हुँदा सर्वसाधारणहरूलाई सहज भएको छ । जिल्लाभरीका २५ हजार हुम्लीहरूलाई विभिन्न प्रकारका आँखाको रोगहरूको उपचार गरिएको र यसबाट आम हुम्लीहरूलाई सहयोग पुगेको आँखा उपचार केन्द्र हुम्लाका प्रमुख बुम बोहराले जानकारी दिए । उनले […]

पिसिआर रिपोर्ट विना हुम्ला जिल्ला प्रवेशमा निषेध

हुम्ला । हुम्ला कोभिड–१९को प्रकोपबाट हालसम्म पनि ग्रीनजोनका रुपमा रहेको छ । हुम्लालाइ ग्रीनजेनकै रुपमा राख्न अब पिसिआर रिपाेर्ट विना हुम्ला प्रवेश गर्न नपाउने व्यवस्था लागु गरिने भएकाे हाे । जिल्लाको डिसिसिएमसीले पिसिआर चेकजाँच गरेकाहरुले मात्र हुम्ला आउन पाउने र आउँदा अनिवार्य पिसिआर रिपाेर्ट देखाउन पाउने निर्णय गरेकाे छ । कोभिड–१९को रोकथाम, नियन्त्रण र व्यवस्थापन […]

२४ घन्टामा थपिए ९८० नयाँ संक्रमित

काठमाडौं, २१ भदौ । आइतबार नेपालमा ९८० जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १०३८२ नमूना परीक्षण गर्दा ९८० पाेजिटिभ देखिएकाे जानकारी दिएकाे हाे ।  मन्त्रालयले त्यसमध्ये २९० महिला र ६९० पुरुष रहेकाे पनि जानकारी दिएकाे छ । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । […]

राष्ट्र बैंकले मुद्दति निक्षेपमा एक अर्ब ५० करोड लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भदौ २३ गते दिउँसो ४ बजेसम्म राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नुपर्ने जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा तोकिएको […]

भारतमा एकैदिन ९० हजार बढी कोरोना संक्रमित भेटिए

एजेन्सी । भारतमा एकैदिन ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो अहिलेसम्मकै उच्च रेकर्ड हो । यस्तै बितेको चौबिस घण्टामा एक हजार ६५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु […]