प्रधान मन्त्री ओलीले प्रतक्ष भेटेर छलफल गर्न प्रचण्डलाई गर्यो प्रस्ताव

काठमाडौँ। प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अढाई महिना पछि सोमबार टेलिफोन संवाद भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतको फैसलाले ब्युँताइदिएपछि आफ्नै पार्टीमा दबाबमा आएका प्रधानमन्त्री ओलीले सोमबार प्रचण्डलाई फोन गरेका हुन् ।

यसअघि गत १५ पुसमा प्रधानमन्त्री ओलीले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए । प्रधानमन्त्री ओलीले ५ पुसमा संसद् विघटन गरेपछि तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच भेट रोकिएको छ । उनीहरूबीच संसद् विघटन भएको दिन बिहान बालुवाटारमा भेटवार्ता भएको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा ब्युँताइदिएको एक सातापछि प्रधानमन्त्री ओलीले प्रचण्ड संग टेलिफोनमा केही विषयवस्तुमा संवाद गर्ने क्रममा उपयुक्त समय (साँझ–बिहान)मा बालुवाटार बोलाउनुभएको रहेछ,’ प्रचण्डनिकट एक नेताले भने । फोन संवादमा प्रचण्डले अहिले पार्टी बैठक चलेको र छलफलका लागि महत्वपूर्ण विषयवस्तुसमेत नरहेको बताएको उनीनिकट नेताको दाबी छ । माओवादी केन्द्रका एक नेताका अनुसार सोमबार बिहान ओलीले दाहाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए ।

 

 

 

 

नयाँ पत्रिकामा यो खाबर रहेको छ –

Loading...