चैत १५ बात उपत्यकावासीको धारामा मेलम्चीको पानी

  काठमाडौं –   उपत्यका बासीको पर्खाइमा रहेको मेलम्चीको पानी आगामि चैत १५ बात उपत्यकावासीको धारामा आउने निश्चित भएको छ । सुन्दरीजलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को हालको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन त्यसै दिन सुरु गरिने भएको छ ।

चैत १५ मा सुन्दरीजलबाट केयुकेएलको हाल वितरण गर्दै गरेको प्रणालीमा पठाउन सुरु गरिने मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेस खत्रीले भने बताउनु भएको छ। सरकारले यसअघि गत फागुन १० गते मेलम्चीको सुरुङ परीक्षण दुई महिनासम्म गरिने घोषणा गरेको भएता पानी १५ चैतदेखि पानी वितरण गर्ने सरकारको तयारीसँगै तीन सातामा छोट्याई सुरुङको परीक्षणकाल हुने भएको छ ।

२६ किलोमिटर मेलम्चीको सुरुङमा पानी खसाइएको १३ दिनपछि १३ फागुनमा पानी सुन्दरीजलमा खसेको थियो । सोही दिन मेलम्ची पानी बागमती नदीमा छाडिएको थियो । सुन्दरीजलबाट दैनिक १७ करोड लिटर पानी वितरणका लागि पठाइनेछ । सुन्दरीजलबाट पठाइएको पानी केयुकेएलको पुरानै वितरण प्रणालीबाट वितरण गरिने भएको छ ।

Loading...