भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार पुननिर्माणपछि संरक्षण समाजलाई हस्तान्तरण

 

फागुन १५ ,काठमाडौँ। युनेस्कोको सम्पदाको सूचीमा रहेको इतुम्बहाःमा रहेको भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि काठमाडौँ महानगर पालिकाले उद्घाटन पछि महाविहार संरक्षण समाजलाई नै हस्तान्तरण गरेका छन् ।


महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले उक्त देवाद्यः छेँ (कुलदेवता घर)को उद्घाटनपछि मूर्त÷अमूर्त अभियानअन्तर्गत आफ्नो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुननिर्माण भइसकेको जानकारी दिए । मेयर शाक्यले महानगर भित्रका सम्रक्षण , पुननिर्माण गर्नु पर्ने सम्पदाको संरक्षणमा पनि काम भइरहेको बताउनु भयो।
 काठमाडौँको मुटुमा रहेको इतुम्बहाःमा काठमाडौँ महानगपालिकाको सहयोगमा देवाद्यः छेँको पुननिर्माण भएको हो । जुन इतुम्बहाःका करीब १५० भन्दा बढी घरधुरीको इस्ट देवताको घरको रुपमा रहेको छ । सो देवाद्यः छेँको पुननिर्माण गर्न करीब दुई वर्षअघि शिलान्यास गरिएको थियो ।
केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष क्याप्टेन चन्द्रबहादर शाक्यले इतुम्बहाःको गौरव र प्रतिष्ठाको रुपमा देवाद्यः छेँको पुननिर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । उनले यस क्रममा श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार नेपाल मण्डलकै समृद्ध र सुविधायुक्त महाविहार हो, भनेका छन् ।
यसैगरी, महाविहार संरक्षण समाजका महासचिव प्रज्ञारत्न शाक्यले मूर्त सम्पदाको रुपमा रहेको देवाद्यः छेँको पुननिर्माण सकिएपनि यस समाजमा रहेका कैयौँ अमूर्त सम्पदाको संरक्षण र जगेर्णा गर्न बाँकी रहेको भनाई राखे ।

Loading...