मन्त्री श्रेष्ठ र तुम्बाहाङफे बात हनुमानढोका दरवार क्षेत्रका सम्पदा अवलोकन – फोटोहरु

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले विश्वसम्पदा सुचिकृत काठमाडौँ दरवार क्षेत्र हनुमान ढोकामा क्षेत्रका सम्पदाहरुको अवलोकन गर्नु भएको छ। मन्त्री द्वयका साथ अन्य सांसद सम्मिलित टोलीले मंगलवार काठमाडौँ महानगर पालिकाको सहयेगमा पुनःनिर्माण भैरहेको काष्ठमण्डप , कुमारी घर ,तथा हनुमान ढोका दरवार भित्र रहेका विभिन्न सम्दको अवलोकन गर्नु भयो। सो अवसरमा मन्त्री श्रेष्ठले काष्ठमण्डप आगामी बैशाख १२ मानै कार्य सम्पन्न गरि उत्घाटन हुन् लगिएकोमा सबै प्रति आभार प्रकट गर्नु भयो। यसै गरि अर्का मन्त्री तुम्बाहाम्फे काष्ठमण्डप पुरानै परम्परागत मौलिक शैमानै काम भैरहेकोमा समिति प्रति प्रसंसा ब्यक्त गर्दै छिटै पुरानो स्वरुपमा हेर्नपाउने आशा ब्यक्त गर्नु भयो। जीवित देवता कुमारीको दर्शन पश्चात हनुमान ढोका स्थित नासल चोक , सुन्दरी चोक , त्रिशुल चोक लगाएत अवलोकन गरि पुननिर्माण हुदै गरेको नौ तले दरवार , संग्रालय आदिको विशेष अभिरुचिका साथ् अवलोकन गर्नु भयो। हनुमानढोका संग्रालय हेरचाह अड्डाका प्रमुख सन्दिप खनाल तथा नेपाली सेना सर्दुल गणका प्रमुख बिकास शाक्यले स्वागत गर्नु भयो। 

 

 

 

 

 

 

 

 

 

फोटो- बुद्ध शरण शाही

Loading...