अनुमानका भरमा बाहिरिएको समाचार प्रति नेता जोशीका परिवारद्वारा दुख ब्यक्त

काठमाडौं । काँग्रेस नेता नविन्द्रराज जोशीका परिवारले अपुष्ट र अनुमानका भरमा मृत्युजस्तो संवेदनशील विषयमा समाचार बहिरिएपछी दुख ब्यक्त गरेका छन् ।

बुधबार नविन्द्रराज जोशीको फेसबुकमा स्टाटस लेख्दै परिवारले मृत्युजस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार सम्प्रेषण नगर्न आग्रह गरेको हो । मृत्यु भएको हल्ला फैलिएपछि बुधबार अस्पताल र परिवारले प्रेस विज्ञप्ति जारी गर्दै जोशीको उपचार भैरहेको जानकारी दिनु परेको थियो ।

गएराति देखि नै जोशीको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणदेखि काँग्रेस केन्द्रीय सदस्यहरु समेतले श्रदाञ्जली दिएका थिए ।परिवारले भ्रमपूर्ण समाचारहरुमा कुनै सत्यता नभएकोसमेत स्पष्ट पारेको छ । नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर जोशीको उपचार भइरहेको छ । 

जोशीलाई मस्तिष्कघात भएपछि फागुन १४ गते अस्पताल भर्ना गरिएको थियो ।

Loading...