गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही

काठमाडौँ । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ। मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी कूल पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएको हो। काठमाडौँको हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड […]

आज फेरि १२०१ जनामा देखियो कोरोना भाइरसको संक्रमण

काठमाडौं, २७ भदौ । आज फेरि नेपालमा १२०१ जना काेराेना संक्रमित थपिएका छन् । शुक्रबार १४५४ जना संक्रमित देखिएकाेमा आज शनिवार १२०१ जनामा संक्रमण पुष्टि भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १०१७६ नमूना परीक्षण गरिएकाेमा उल्लेखित संख्यामा पाेजिटिभ देखिएकाे जनाएकाे छ । नेपालमा यससँगै कूल संक्रमितको संख्या ५३१२० पुगेको छ । त्यसमध्ये […]

पाँच हजार मिटर अग्लो स्थानमा निर्माण भयो १०८ सिंढीको भ्यूटावर

हुम्ला । हुम्ला जिल्लाको मारघोर हिमालमा रहेको पाँच हजार मिटर अग्लो स्थानमा १०८ वटा सिंढी भएकाे भ्यूटावर निर्माण गरिएको छ । प्राकृतिक रुपमा रहेको भिमदुलामा बनेकाे यस भ्यूटावरबाट सबैतिर अवलोकन गर्न अब सहज हुने भएको छ । महाभारतकालीन पाँच पाण्डवमध्ये एक सदस्य भिमसँग यहाँको लोककथन जोडिएको छ । जब पाण्डवहरु बाह्र वर्ष वनवास र एक […]

नेपालको सबैभन्दा ठूलो वार्डमा पौने दुई करोडको सिंचाई कुलो सम्पन्न

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको वार्ड नं ६ लिमीमा वर्षको एक पटक मात्र बालीनाली पाक्ने गर्छ तापनि यहाँका लागि सिंचाई अनिवार्य देखिन्छ । यही कुरालाई ध्यानमा राखेर हालै पौने दुई करोडमा तीन वटा सिंचाई आयोजना सम्पन्न भएका छन् ।  हुम्लाको नाम्खा गाउँपालिकाको वार्ड नं ६मा पर्ने लिमी नेपालको सबभन्दा ठूलो वार्ड पनि हो । यहाँ […]

कोरोनाले केन्द्रीय कारागारका ५ कैदीबन्दीको मृत्यु, जेलमा रहेका २३१ जना संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण केन्द्रीय कारागारमा हालसम्म पाँच जना कैदीबन्दीको मृत्यु भएको छ। कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाका अनुसार ४०, ५८,६०, ६४ र ६९ वर्षका कैदीबन्दीको कोरोनाका कारण ज्यान गएको छ। भदौ १९ गते कारागारमै मृत्यु भएका ६९ वर्षीय पुरुषको चार दिनपछि कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। बास्कोटाले मृतक सबैमा अन्य दिर्घरोग रहेको बताए। ‘कसैमा […]

केपी ओली र प्रचण्डको प्रस्ताव विरुद्ध माधव नेपालले ल्याए १७ बुँदे प्रस्ताव (१७ बुँदेसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ बहस सुरु गरेका छन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेश गरेको १५ बुँदे प्रस्तावमाथि वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नाे १७ बुँदे नयाँ टिप्पणी प्रस्तुत गर्दै बहस सुरु गरेका हुन्। स्थायी समितिकाे […]

पछिल्लो २४ घन्टामा थपिए १४५४ नयाँ संक्रमित

काठमाडौँ, २६ भदाै । पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यसअघि झै सबैभन्दा बढी काेराेना संक्रमित काठमाडाै जिल्लामा भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाै जिल्लामा अहिलेसम्मकै बढी ६२० जनामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । काठमाडाै उपत्यकामा ६९६ जना संक्रमित शुक्रबार फेला परेका छन् […]

थिमीमा ह्दयविदारक घटना, औषधी फ्याक्ट्रीमा जागिरे श्रीमान, श्रीमती र छोरा एकै साथ मृत फेला

भक्तपुर । भक्तपुरमा एक परिवारका तीन जना सदस्यको रहस्यमय मृत्यु भएको छ । पतिपत्नी र १७ वर्षीय छोराको शव उनीहरुको आफ्नै घरमा शव फेला परेको हो । मध्यपुर थिमि नगरपालिका– ९ निकोसेरामा नयाँ घर बनाएर बसेका स्थानीय सुदिप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त शुक्रवार मृत अवस्थामा फेला परेका हुन् । उनीहरु संगै रहेको […]

एकहजार बढी चिनियाँ विद्यार्थी तथा अनुसन्धानकर्ताको भिसा अमेरिकाले रद्द गर्यो

काठमाडाैं । अमेरिकाले एक हजार भन्दा बढी चिनियाँ विद्यार्थी तथा अनुसन्धातकर्ताको भिसा रद्द गरेको छ। राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने देखिएकाले चिनियाँ विद्यार्थी तथा अनुसन्धाकर्ताको भिसा रद्द गरेको अमेरिकाको भनाई छ । गएको मे मा चीनको सेनासँग सम्बन्ध भएका चिनियाँ अनुसन्धानकर्ताले केही जानकारी तथा बौद्धिक सम्पत्ति चोरी गरेको हुन सक्ने अभियोग अमेरिकाले लगाएको थियो […]

मस्काेमा वार्ता गरेर रुस र चीनका विदेश मन्त्रीले गरे पाँच बुँदे सहमति

काठमाडाैं । भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी)मा जारी तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ । भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको समाचार संस्था एएनआईले जनाएको छ। सीमामा तनाव कम गर्न दुवै देशका विदेशमन्त्रीको बैठकले पाँच बुँदे सहमति गरेको […]