चितवन : पोल्ट्रीको राजधानी चितवनमा नयाँ दाना उद्योग भुषाल फिड ईण्डष्ट्रिज प्रा.लि. सञ्चालनमा आएको छ । विगत डेढ दशकदेखि पोल्ट्री क्षेत्रमा नै सक्रिय व्यवसायी रामलाल भुषालको एकल लगानीमा भुषाल फिड ईण्डष्ट्रिज प्रा.लि. सञ्चालनमा आएको हो । भुषाल फिड ईण्डष्ट्रिज प्रा.लि.को उत्पादनमा “ भुषाल मास दाना” व्राण्डमा उच्च गुणस्तिरीय भएको पोषणयुक्त दाना उत्पादन सुरु गरेको अध्यक्ष […]
मुख्य समाचार
टोलटोलमा यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु
भक्तपुर, २ असोज । भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरूप यमःद्यो ठड्याइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन भक्तपुरका टोलटोलमा यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ । इन्द्रजात्रा सुरूवातको दिन भक्तपुरको टोलटोलमा यमः द्यो ठड्याउने गरिन्छ। जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरको टोलटोलमा विधिवत् पूजाआजासहित नगरका ईताछें, तेखापुखुः, मुलाखुः, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, […]
कांग्रेस नेता शेखर कोइरालाको दावीः देउवा सरकार अलोकतान्त्रिक
विराटनगर, २ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार […]
असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने प्रचण्डको दावी
जनकपुरधाम, २ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । उनले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने बताएका हुन् । सरकारमा सहभागी दलहरूले मन्त्री बन्ने नेताहरूको नाम टुङ्ग्याउन नसकिरहेको बेला प्रचण्डले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दाबी गरेका छन् । जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत […]
खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान
खोटाङ, २ असोज । स्वर्गीय पर्शुराम राई स्मृति प्रतिष्ठान काडमाडौंले खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरेको छ । कोभिड–१९ को महामारीपछि पठन–पाठन सुचारु भएका विद्याललाई लक्षित गर्दै प्रतिष्ठानले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ मावि र ६ प्रावि विद्यालयलाई स्वास्थ्य तथा खेलकुदका सामग्री प्रदान गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माविमा […]
कालोपत्रे सडक भन्दा ढलान सडक गुणस्तरीय र टिकाउ बन्दै
रसुवा, २ असोज । रसुवामा कालोपत्रे सडकभन्दा सिमेन्टेड (ढलान) सडक गुणस्तरीय र टिकाउ बन्दै गएको पाइएको छ । अधिक वर्षा, हिमपात तथा चिसो हुने रसुवाको उच्च हिमाली क्षेत्रमा कालोपत्रे सडकभन्दा ढलान सडक बढी टिकाउ बन्दै गएको पाइएको हो । सडक डिभिजन कार्यालय नुवाकोटले कालोपत्रे सडक टिकाउ नभएपछि अघिल्लो वर्षदेखि सडकमा सिमेन्टेड (ढलान) सुरु गरेको थियो […]
होटलको कोठाबाट रेडपाण्डाको छालासहित चारजना पक्राउ
सुर्खेत, २ असोज । रेडपाण्डाको छालासहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर-८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । रेडपाण्डाको छालासहित पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका-८ का मनबहादुर बुढा, ठाँटिकाँध गाउँपालिका-१ का विष्णु रावत, नारायण नगरपालिका–१० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी […]
निर्मला पन्तका हत्यारा पत्ता लाग्ने छैनन
समाज र राज्यको उत्पति भएदेखि प्राचीन साम्यवाद जसमा समूहको मूली महिला थिए । सामूहिक यौन भएकोले सन्तानको बाबु उनैले नै बताउथिन । मानव जनसंख्या बढ्न थाल्यो खाना खाने जंगली पशुहरु घरमा ल्याएर पाल्ने त्यसबाट दुध, दही, मही, अन्न, फलफुल खाएर पनि बाँच्न सकिन्छ तिनै घरपालुवा पशुहरु पनि घरमा खान सकिन्छ भन्ने पत्ता लगायो । जंगली […]
हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए। उनले विद्यालय खोल्नुभन्दा […]
बागमतीमा १८ लाखले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौँ । बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ । प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ […]











