असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने प्रचण्डको दावी

जनकपुरधाम, २ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । उनले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने बताएका हुन् ।

सरकारमा सहभागी दलहरूले मन्त्री बन्ने नेताहरूको नाम टुङ्ग्याउन नसकिरहेको बेला प्रचण्डले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले सरकारमा सहभागितालाई लिएर छलफल भइरहेको बताए । उनले केही प्राविधिक विषय मिलाउनुपर्ने भएकाले सरकारमा सहभागितामा ढिलाइ भए पनि अब छिट्टै नै सरकारले पूर्णता पाउने बताए ।

उनले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको प्रतिगामी शक्ति मिलेर भ्रम सृजना गरिरहेको आरोप लगाए ।

पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरू बिगारिएकाले यसलाई बिना परिमार्जन पारित गर्न नमिल्ने बताए । उनले गठबन्धन बन्नु अगाडी नै प्रतिगामी शक्ति गठबन्धन नबनोस् भन्नेमा लागेको र अहिले आएर गठबन्धनमा तीव्र असन्तुष्टि रहेको भन्दै भ्रम छरिरहेको आरोप लगाए ।

Loading...