काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले शुक्रबार बैठकको कारबाही प्रारम्भ गर्नेवित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । सिंहदरबारस्थित संसद् भवनमा सुरु बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेपछि सांसद् खड्कबहादुर बुढाले आफ्नो विरोधबारे बोलिरहेका छन् ।
मुख्य समाचार
विश्वकप २०२६ : नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको
काठमाडौँ । फिफा विश्वकप २०२६ को सहआयोजक मेक्सिको जारी प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ। शुक्रबार बिहान दक्षिण कोरियालाई हराउँदै मेक्सिकोले एक खेल अगाडि नै नक आउट चरणको स्थान सुरक्षित गरेको हो। ग्वाडलाजारा स्टेडियममा लुइस लोरोले ५०औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो। जितसँगै समूह ए अंकतालिकामा ६ अंक बनाउँदै मेक्सिको नक आउट चरणमा प्रवेश […]
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ मा नियमतितर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका […]
राप्रपाले तोक्यो महाधिवेशन मिति, कार्यतालिका पारित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्नेसहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जन सहित पारित गरेको […]
यस्तो आयो काठमाडौँ महानगरपालिकाको बजेट (पूर्णपाठसहित)
काठमाडौं । मुलुकै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौंले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेस गरेको छ । काठमाडौं महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब […]
सरकारको मुख्य दायित्व भ्रष्टाचार नियन्त्रण र सुशासन : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकाले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताएका छन् । आफ्ना मन्त्रालयका विनियोजित शिर्षकमाथिका प्रश्नको जवाफ दिने क्रममा उनले अहिलेको सरकारको मुख्य दायित्व नै भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने रहेको जिकिर गरे । ‘सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम […]
सक्रिय राजनीतिबाट अलग भए पूर्वसभामुख महरा
काठमाडौं । नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको घोषणा गरेका छन्। उनले आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिँदै नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार […]
सर्वोच्चको फुलकोर्टमा सहभागी भइनन् वरिष्ठतम् न्यायाधीश मल्ल
काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल उपस्थित नभएको खुलेको छ। प्रधान न्यायाधीश मनोजकुमार शर्माले बुधबार दिउँसो फुलकोर्ट बैठक बोलाएका थिए। सर्वोच्चको नीतिगत वा दीर्घकालीन विषय निर्णय गर्न वा छलफल गर्नुपरे बुधबार फुलकोर्ट (सबै न्यायाधीशहरू सम्मिलित ) बैठक बस्ने गर्छ। पछिल्लो बुधबार सूचना प्रविधि नीति (आइटी पोलिसी) बारे छलफल गर्न प्रधान न्यायाधीश […]
एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो, ८ को पुनः जडान
काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन काटेको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर पनि भाडा र महसुल नतिरेपछि लिमिटेडले बुधबारदेखि धमाधम लाइन काट्न सुरु गरेको हो। देशभरका १० वटा औद्योगिक क्षेत्रका उद्योगहरूले भुक्तानी गर्न आनाकानी गरेपछि कारबाही अघि बढाइएको लिमिटेडले जनाएको छ […]
महाधिवेशनका लागि रास्वपाले तोक्यो मापदण्ड
काठमाडौं । रास्वपाले आगामी साता चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्वका लागि मापदण्ड तोकेको छ । अधिवेशन हुन नसकेको मधेशबाट समेत प्रतिनिधित्व गराउनका लागि मापदण्ड तोकिएको हो । रास्वपाले महाधिवेशन आयोजक समिति गठन हुँदाको समयसम्म केन्द्रीय पोर्टलमा दर्ता भएको प्रदेश समिति पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधित्व गराउने भएको छ । प्रदेश अनुशासन आयोग, लेखा आयोग, निर्वाचन […]











