रसुवा । रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो । जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी खोप लगाउन योग्य सबैलाई पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले जानकारी दिए । खोप लगाउन योग्य […]
मुख्य समाचार
३३ किलो सुन प्रकरणः फरार प्रतिवादी अग्रवाल पक्राउ
काठमाडौँ । ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा इन्टरपोलबाट रेड नोटिस जारी भएका कृष्ण गोपाल अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। झापाको शिवगञ्ज स्थायी घर भएका अग्रवाल दुबईबाट फर्कने क्रममा नेपाल प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो। उक्त प्रकरणमा प्रतिवादी बनाइएका अग्रवाल लामो समयदेखि फरार थिए। यसअघि नेपाल […]
भन्सार छलेर ल्याएको सात सय ५० जोर जुत्ता बरामद
बुटवल । रुपन्देही प्रहरीले १८ लाख बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याएको अवैध सामान (जुत्ता)सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। सैनामैना नगरपालिका–४ मुर्गिया बस्ने ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट चलाएको लु १ च ८२१३ नम्बरको बलेरो पिकअप जीप बुटवलमा चेकजाँच […]
यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीले जित्यो
काठमाडौँ । काठमाडौँमा आइतबार सम्पन्न वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आइतबार सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । उपाधि भिडन्तमा लुम्बिनीका कप्तान देव खनाल, विशाल विक्रम केसी र अजय चौहानले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ ओभर ३ बलमा […]
अब दैनिक दुई लाखलाई कोरोनाविरुद्धको खोप लगाइने
काठमाडौँ– सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को […]
दलहरुबीच सहमति नभई एमसीसी र महाअभियोग अगाडि बढ्दैनः प्रचण्ड
काठमाडौँ । सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगबारे दलहरुबीच राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । शनिबार चितवनमा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले महाअभियोग र एमसीसी अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा राष्ट्रिय सहमति र […]
२३ बैंकले गरे लाभांश घोषणा, कसको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन […]
माओवादीले छान्यो केन्द्रीय समितिका प्रतिनिधि
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकमा भाग लिने प्रतिनिधिहरु छनोट गरेको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले श्रीकृष्ण अधिकारी विवेक (नुवाको), गगन खड्का (जाजरकोट), पारसमणी ९रुकुम पश्चिम० र रत्न ढकाललाई चयन गरेको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार अन्यप्रतिनिधहरुमा नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट, रन्जित तामाङ, तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, […]
दक्षिण अफ्रिकामा ओमिक्रोनको संक्रमण तीव्र
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दक्षिण अफ्रिकामा तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य अधिकारीका अनुसार नयाँ संक्रमण पछिल्ला दिनमा निकै बढेको र त्यसको कारक ओमिक्रोन भेरियन्ट हो । पछिल्लो दिन ११ हजार ५०० नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन नयाँ संक्रमितको संख्या ८ हजार ५०० थियो । तर नोभेम्बरको मध्यसम्म दैनिक संक्रमणदर २००–३०० […]
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौँ – कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्ष बोर्डको शुक्रबार बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । कोरोना भाइरसको महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर […]










