कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ – कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्ष बोर्डको शुक्रबार बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो ।

कोरोना भाइरसको महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुईपटक स्थगित भएको थियो । अन्ततः भदौ अन्तिममा परीक्षा भएको थियो ।

परीक्षामा कुल तीन तीन लाख ७४ हजार १५ जना सहभागी भएकामा नियमति तर्फ तीन लाख ३८ हजार ६८८ थिए । यस्तै ग्रेड बृद्धि तर्फ २८ हजार ४६६ र प्रतिशतको आधारमा नतिजा निकाल्नु पर्ने पुराना आंशिक तर्फ ६ हजार ८६१ विद्यार्थी सहभागी थिए ।

सदस्य सचिव अर्यालका अनुसार ४६ जनाको परीक्षा रद्द भएको छ । त्यसमध्ये चारजनाको मर्यादा विपरित नक्कली परीक्षार्थी राखेको पाइएकाले सबै विषयको परीक्षा रद्द गरिएको र अर्को वर्ष पनि अर्को वर्ष पनि परीक्षा दिन नपाउने बनाइएको उनले बताए ।

परीक्षाको क्रममा दुई ठाउँमा टिकटक बनाएर सामाजिक सञ्जालमा राखिएको पाइएकाले त्यसमा संलग्नको परीक्षा रद्द गरी विद्यालय तथा केन्द्राध्यक्षलाई विभागीय कारवाहीको सिफारिस भएको छ ।

सार्वजनिक भएको नतिजा राष्ट्रिय परीक्षा बोडको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, टेलिकमको १६०० सय म्यासेज गरेर तथा १६०१ टायल गरेर थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

यसैबीच दुई विषयमा तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थीका लागि आउँदो माघ २ र २ गतेका लागि ग्रेडवृद्धि परीक्षा तोकिएको पनि अर्यालले जानकारी दिए ।

Loading...