राप्रपाको उम्मेदवारी दर्ता आज, शनिबार मतदान हुने

मंसिर १७,काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवारी दर्ताको लागि समय शुक्रबार बिहान साढे ११ देखि साढे १ बजेसम्म निर्धारण भएको राप्रपाका नेता राजाराम श्रेष्ठले बताउनु भएको छ । शुक्रबार आज बिहान ११ बजे सम्म महाधिवेशनको अन्तिम मतदाता नामावली प्रकाशन हुने जानकारी उहाँले दिनुभएको छ । बिहान ७:३० देखि साढे ९ बजेसम्म मतदाता नामावली उपर दाबी विरोध वा सच्याउन सक्ने गरि तालिका रहेको छ।
राप्रपा महाधिवेशनमा चार हजार ४७१ जनाको मतदाता नामावली रहेको निर्वाचन समितिले जनाएको छ । यसैगरी, भोलि शनिबार बिहान ८ बजेदेखि मतदान सुरुहुने पनि समितिले जनाएको छ ।

 

Loading...