प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्पतालबाट स्वास्थ्यलाभपछि डिस्चार्ज भएका छन् ।

मंसिर १३ गते कोभिड निमोनियाको उपचारका लागि सशस्त्र प्रहरी अस्पताल भर्ना भएका प्रधानन्यायाधीश राणा आज बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

प्रधानन्यायाधीश राणा आज घरमै आराम गर्ने र आइतवारदेखि सर्वोच्च अदालत जाने पारिवारिक स्रोतले जनाएको छ । राणा अस्पताल भएपछि संवैधानिक इजलास गठन भएको थिएन ।

Loading...