ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबारदेखि तेस्रो चरणका खेल सुरु हुँदैछन्।

तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्री स्टार क्लबले दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग हारेको थियो । अंकतालिकामा थ्री स्टार ३ अंकसहित सातौँ स्थानमा छ।

पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग बराबरी खेलमा फ्रेन्ड्स क्लब दोस्रो खेलमा संकटा क्लबसँग हारेको थियो । अंकतालिकामा फ्रेन्ड्स एकसहित १० औँ स्थानमा छ।

शुक्रबारको दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ भिड्ने छन् । खेल बेलुका पौने ५ बजे सुरु हुनेछ।

Loading...